NIMB Header 2
Nepal Life

जलविद्युत र उत्पादनमुलक क्षेत्रले शेयर बजार खोक्रो बनाउदै, अलिकति माथ उड्न नपाउदै किन घट्छ ? यस्तो छ कारण

Muktinath Bank
  • BFIS News
  • 2025 Sep 03 15:19
जलविद्युत र उत्पादनमुलक क्षेत्रले शेयर बजार खोक्रो बनाउदै, अलिकति माथ उड्न नपाउदै किन घट्छ ? यस्तो छ कारण
Everest Bank

काठमाडौं। 'शेयर बजार भनेकै बढ्का लागि हो, अव बढ्छ अनि बिक्री गरेर बाहिरिन्छु' भन्ने भाष्यले पछिल्ला दिनमा सबै सूचकमा सकारात्मक देखिदा पनि शेयर बजारले भने गति लिन सकिरहेको छैन। शेयर बजारमा सबै किसिमका लगानीकर्ता सक्रिय रहन्छन्। 

Shikhar
NIMB

वर्षदेखि यहि क्षेत्रलाई प्रमुख पेशा बनाउने लगानीकर्ता पनि यहि छन् भने नीतिगत सुविधाको फाइदा लिएर अर्बौ रुपैयाँ कुम्याएर बाहिरिने लगानीकर्ता पनि छन्। त्यसैले बजार बढ्दा पनि र घट्दा पनि टाउको दुखाइ बन्न पुग्छ। बजार नबढ्दा वर्षौदेखि लगानी फसाएर बसेका लगानीकर्ताले सधै बजार बढोस् भन्ने चाहिरहेका छन्। 

उता बजार अलिकति बढ्यो भने लकिङ खुलेको शेयर बिक्री गरेर बाहिरिने दाउमा रहेका लगानीकर्ता पनि छ। अहिले यहि समुह जो जलविद्युत कम्पनी र उत्पादन तथा प्रशोधनमुलक कम्पनीको लकिङ शेयर खुल्ने वित्तीकै दोस्रो बजारको महंगो मूल्यमा मोटो रकम लिएर बाहिरिने लगानीकर्ता बढ्दो क्रममा छन्। 

दोस्रो बजारमा पछिल्ला ४/५ वर्षमा ४०/५० वटा कम्पनी सूचिकृत भए। अहिले तीनै कम्पनीका संस्थापक शेयरधनीहरुले लकिङ खुल्ने वित्तीकै शेयर बिक्री गरेर बजारबाट पैसा पलायन गराइरहेका छन्। बैंक वित्तीय संस्था र बीमा कम्पनीको संस्थापक शेयरधनीले दोस्रो बजारमा सहजै शेयर बिक्री गर्न पाउदैनन्। तर यस बाहेका सबै कम्पनीहरुको शेयरमा तीन वर्षको लकिङ खुल्ने वित्तीकै संस्थापक र सर्वसाधारण शेयर भन्ने हुँदैन।

जलविद्युत आयोजना निर्माणका लागि दशौ वर्षदेखि पैसा फसाएर बसेका लगानीकर्ताका लागि अहिले शेयर बजार यस्तो प्ल्याटफर्म बनेको छ कम्पनीले नाफा नखुवाइकन लगानीको न्युनतम पनि ३देखि १० गुणासम्मको पूँजीगत लाभ लिन पाइरहेका छन्। मानौ कसैले लिवर्टी हाइड्रोपावरमा ७ वर्ष अगाडी १० लाख रुपैयाँको शेयर खरिद गरेको थियो। आजका दिनमा उसले दोस्रो बजारबाट सहजै प्रति कित्ता २१९ रुपैयाँको दरले बिक्री गरेर बाहिरिन पाउछ। अझ यस अवधिमा कम्पनीले ५० प्रतिशत हकप्रद शेयर पनि निष्काशन गर्यो। उक्त लगानीकर्ता सँग १५ हजार कित्ता शेयर छ। १५ हजार कित्ता शेयर २१९ रुपैयाँकै दरले बिक्री गर्दा पनि ३२ लाख ८५ हजार हुन्छ। अव १५ लाख घटाउदा उसले १७ लाख ८५ हजार कमाउछ। 

यहि तरिकाबाट पछिल्लो समय जलविद्युत कम्पनीका संस्थापक लगानीकर्ताले दोस्रो बजारलाई पैसा कमाउने भाडो बनाइरहेका छन्। कम्पनीले कमाओस नकमाओस मतलव भएन संस्थापकहरुले छोटो समयमै राम्रो पैसा बजारबाट उठाउदा यसको असर शेयर बजारमा परेको छ। अवको तीन महिना भित्रमा १५/२० वटा कम्पनीको लकिङ खुलेको छ। भने गएको एक वर्ष भित्रमा ३० भन्दा धेरै कम्पनीको लकिङ खुल्यो। सुरुकै अवस्थामा जलविद्युत क्षेत्रले नियामक निकाय नपाउदाको परिणाम पनि हो यो। 

नियामक निकाय नहुँदा अहिले ठुला ठुला लगानीकर्ताका लागि जलविद्युत र उत्पादनमुलक क्षेत्र ठुलो पैसा कमाउने क्षेत्र बनेको छ। यसको मारमा साना र सोझा र साझा लगानीकर्ता परेका छन्। यिनै लगानीकर्ताले लकिङ नखुलुन्जेल दोस्रोबजारबाट शेयर उठाएर उच्च विन्दुमा राखिदिन्छन्। यसको लोभमा साना लगानीकर्ता पर्छन्। जव लकिङ खुल्छ अनि विस्तार शेयर बिक्री गर्न थाल्छन्। यहि नियतीले अहिले शेयर बजार खोक्रो भएको छ। यहि अवस्थामा अर्थतन्त्र जतिसुकै राम्रो भए पनि शेयर बजारका लगानीकर्ताले पैसा कमाउन त परै जाओस गरेको लगानीलाई पनि डुबाउनु पर्ने अवस्था छ। 

जलविद्युत मात्रै होइन उत्पादनमुलक क्षेत्र पनि शेयर बजारलाई खोक्रो बनाउने भित्र पर्छन्। शेयर बजारमा जति धेरै क्षेत्रको सहभागिता रहन्छ त्यसले बजारको स्थायित्वमा टेवा पुर्याउछ भनिन्छ तर अहिले यहि कुराले बजार खोक्रो बन्दै गइरहेको छ। यदि शेयर बजारबाट पैसा उठाउने माध्यम बनाउन रोक्ने हो भने कारोबारको सुरुदेखिनै लकिङ बन्द गर्नु पर्छ ताकी सुरुमै राम्रो सप्लाइ आउछ र कम्पनीको शेयर अनावश्यक बढाएर साना लगानीकर्ता फसाउने काम बन्द हुन्छ। होइन भने लकिङका नाममा मूल्य बढाएर शेयर बजार खोक्रो बनाउने काम रोकिदैन। 

आजका दिनमा लकिङ खुल्न बाँकी कम्पनीको शेयर मूल्य धेरै माथि छ। लकिङ खुलिसकेका कम्पनीको शेयर मूल्य २०० हाराहारीमा छ। यो खेललाई रोक्न सिडिएससीले आइजिन नम्बरको अवधारणा ल्याए पनि यहि क्षेत्रका लगानीकर्ताको चर्को विरोध पछि अहिले रोकिएर बसेको छ। 

यहि कारण पछिल्ला दिनमा शेयर बजारले गति लिनसकिरहेको छैन। यसरी निश्चित समुहले शेयर बजारबाट पैसा उठाउदा स्वयं ब्रोकरदेखि संस्थागत लगानीकर्ताकै पैसा बाहिरिएको छ। यति हुँदा पनि लगानीकर्ताहरु जलविद्युत क्षेत्रकै कम्पनीमा झुम्मिएको देख्दा बजार विश्लेषकहरु अचम्ममा छन्। 

यो समय बजार सुधार हुने समय हो। सूचिकृत कम्पनीहरुले अव भकाभक लाभांश घोषणा गर्दैछन्। थोरै लगानी गरेर पनि राम्रो प्रतिफल लिने बेला छ। तर बजार अलिकति बढ्न खोज्छ यिनै क्षेत्रका ठुला लगानीकर्ताले शेयर बिक्री गर्न भ्याइहाल्छन्। उनिहरुले शेयर बिक्रि गर्नु भनेको बजारबाटै पैसा बाहिरिनु हो। बजार बढ्नका लागि यहि भित्रै कारोबार भइरहनु पर्छ। जसले बजारलाई एउटा गति प्रदान गर्छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया