Nepal Life

दशैमा माछापुच्छ्रे बैंकका शेयरधनीलाई दक्षिणा: असोज १० गते डाक्यो साधारणसभा, तीन अर्बको प्रिफरेन्स सेयर जारी गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Sep 05 12:35
दशैमा माछापुच्छ्रे बैंकका शेयरधनीलाई दक्षिणा: असोज १० गते डाक्यो साधारणसभा, तीन अर्बको प्रिफरेन्स सेयर जारी गर्ने
National Life

काठमाडौं। माछापुच्छ्रे बैंकका शेयरधनीले दशैको मुखैमा नगद लाभांश पाउने भएका छन्। बैंकले आगामी असोज १० गते २७ औं वार्षिक साधारणसभा डाकेको छ। बैंकहरुले नगद लाभांश सकेसम्म साधारणसभाले लाभांश पारित गरेकै दिन वितरण गर्ने प्रवन्ध मिलाएका हुन्छन्। बोनस शेयर सूचीकृत हुन भने केहि समय कुर्नु पर्ने हुन्छ।

Shikhar
NIMB

बैंकले यस वर्ष चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश भदौ २६ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्नेछन्। बैंकले साधारणसभा पोखरास्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजे सुरु हुने जनाएको छ।

बैंकको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो, जसअनुसार ४ प्रतिशत बोनस सेयर र करसहित ४ प्रतिशत नगद लाभांश वितरण गरिनेछ। हाल बैंकको जारी पूँजी रु. ११.६२ अर्ब रहेको छ।

सभामा पारित गरिने अन्य एजेन्डाहरूमा, आर्थिक वर्ष २०८१/८२ को लेखापरिक्षक प्रतिवेदन, नाफा नोक्सान विवरण, वित्तीय विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षक नियुक्त गर्ने, र सार्वजनिक सेयरधनी समूह प्रतिनिधि सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्तावहरू रहेका छन्।

यसबाहेक, बैंकले ८.२५ प्रतिशत व्याजदरको माछापुच्छ्रे परपेचुअल नन-क्यूम्युलेटिभ प्रिफरेन्स सेयर रु. ३ अर्ब बराबर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ। यस प्रिफरेन्स सेयरको अंकित मूल्य प्रति सेयर रु. १०० हुनेछ।

साथै, बैंकले आफ्नो अधिकृत पूँजी रु. १५ अर्बबाट बढाएर रु. २० अर्ब पुर्‍याउने र सोअनुसार बैंकको संस्थापन पत्र (MoA) मा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि विशेष प्रस्तावका रूपमा राखिएको छ। बोनस सेयर र प्रिफरेन्स सेयर निर्गमनसँग सम्बन्धित दफा संशोधन गर्ने, सञ्चालकहरूका भत्ता तथा सुविधामा संशोधन गर्ने, र नियामक निकायको निर्देशनअनुसार अन्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू पनि समावेश छन्।

उक्त साधारण सभाको लागि पुस्तक बन्द मिति भदौ २७ गते तोकिएको छ। त्यस दिनसम्म नामावलीमा दर्ता भएका सेयरधनीहरूलाई लाभांश प्राप्त गर्ने र साधारण सभामा भाग लिन पाउने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया