NIMB Header 2
Nepal Life

आज २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

National Life
  • BFIS News
  • 2025 Sep 07 11:21
आज २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आईतबार) २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ। बढी तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत यो रकम खिच्न लागेको हो।

Shikhar
NIMB

हाल देशभर कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण र ब्याजदर व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत नियमित रुपमा तरलता संकलन गर्दै आएको छ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले प्रस्ताव गरेको ब्याजदरका आधारमा सबैभन्दा कम दरलाई प्राथमिकता दिँदै मागअनुसार रकम बाँडफाँट गरिनेछ।

आजको निक्षेप संकलन बोलकबोल अनलाइन खरिद प्रणालीमार्फत हुनेछ। बोलकबोलबाट तोकिएको ब्याजदरअनुसार संकलित रकमको सावाँ तथा ब्याज २०८२ असोज १२ गते भुक्तानी हुने व्यवस्था गरिएको छ। यसका लागि न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले विभाज्य हुने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ।

केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन तरलता देखिएमा बढीमा ६ महिनासम्मको अवधिका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिन्छ। यही प्रावधानअनुसार राष्ट्र बैंकले पटक–पटक निक्षेप संकलन गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया