Nepal Life

एक वर्षमै ८ अर्ब ५० करोड रुपैयाँ वैदेशिक लगानी भित्रियो

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 14:47
एक वर्षमै ८ अर्ब ५० करोड रुपैयाँ वैदेशिक लगानी भित्रियो
National Life

काठमाडौं।  नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) क्रमशः बढ्दै गएको छ। आर्थिक वर्ष २०८०/८१ मा मात्रै ८ अर्ब ५० करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनले देखाएको छ।

 

Shikhar
NIMB

उक्त रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ३६.१ प्रतिशतले बढी हो। सो वर्ष नेपालमा ६ अर्ब रुपैयाँ मात्र विदेशी लगानी आएको थियो। यसअघि आर्थिक वर्ष २०७८/७९ मा भने १८ अर्ब ६० करोड रुपैयाँसम्म लगानी भित्रिएको थियो।

प्रमुख लगानीकर्ताहरू

नेपालले हालसम्म ६० भन्दा बढी मुलुकबाट वैदेशिक लगानी आकर्षित गरेको छ। तीमध्ये भारत सबैभन्दा ठूलो लगानीकर्ता रहँदै आएको छ। हाल भारतको लगानी १ खर्ब ७ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ, जुन कुल लगानीको ३२.२ प्रतिशत हो।

त्यस्तै चीनबाट ३३ अर्ब ८२ करोड रुपैयाँ (१०.२ प्रतिशत), सिंगापुरबाट २७ अर्ब ६६ करोड रुपैयाँ (८.३ प्रतिशत), आयरल्याण्डबाट २३ अर्ब १४ करोड रुपैयाँ (७ प्रतिशत), दक्षिण कोरियाबाट २० अर्ब १८ करोड रुपैयाँ (६.१ प्रतिशत) तथा अस्ट्रेलियाबाट १९ अर्ब ७१ करोड रुपैयाँ (५.९ प्रतिशत) लगानी आएको छ।

क्षेत्रगत अवस्था

वैदेशिक लगानीको सबैभन्दा ठूलो हिस्सा उद्योग क्षेत्रमा पुगेको छ, जसको भाग ५९.४ प्रतिशत छ। सेवा क्षेत्रमा भने ४०.५ प्रतिशत लगानी भएको राष्ट्र बैंकले जनाएको छ।

सर्वेक्षण अवधिसम्म नेपालमा जम्मा ३ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी कायम छ। राष्ट्र बैंकले सन् २०१२/१३ देखि नियमित रूपमा लगानी सर्वेक्षण गर्दै आएको छ।

दक्षिण एशियाको परिप्रेक्ष्य

दक्षिण एशियामा भने वैदेशिक लगानीमा गिरावट आएको छ। सन् २०२४ मा यस क्षेत्रले ३४.६ अर्ब अमेरिकी डलर मात्र आकर्षित गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८.८ प्रतिशत कम हो।

सबैभन्दा ठूलो गिरावट भारतमा देखिएको छ। भारतमा वैदेशिक लगानी २०२३ को २८.१ अर्ब डलरबाट घटेर २०२४ मा २७.६ अर्ब डलरमा झरेको छ, जुन ४३.१ प्रतिशत कमी हो। तर नेपालले भने सुधार देखाएको छ। सन् २०२४ मा नेपालमा ६० करोड डलर वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.८ प्रतिशत वृद्धि हो।

यसैगरी पाकिस्तानमा ४०.१ प्रतिशतले बढेर २.६ अर्ब डलर लगानी पुगेको छ भने माल्दिभ्समा पनि ४.८ प्रतिशत वृद्धि भएको छ। तर बंगलादेश, भूटान र श्रीलंकामा भने लगानी घटेको प्रतिवेदनले देखाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया