Nepal Life

राष्ट्र बैंकले १ अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Sep 14 09:27
राष्ट्र बैंकले १ अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
National Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ।

Shikhar
NIMB

बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नुपर्ने भएकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ।

राष्ट्र बैंकले वाणिज्य बैंक (‘क’ वर्ग) मा १ अर्ब ४ करोड, विकास बैंक (‘ख’ वर्ग) मा १९ करोड ५० लाख र वित्त कम्पनी (‘ग’ वर्ग) मा ६ करोड ५० लाख रुपैयाँ बराबरको रकम निक्षेप गर्नेछ।

बोलपत्र पेस गर्न इच्छुक संस्थाले न्यूनतम कुल पुँजीकोष कायम गरेको हुनुपर्ने र निष्क्रिय कर्जा सापटी अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।

केन्द्रीय बैंकले तोकिएको रकम लिन चाहने संस्थाले आफैंले प्रस्ताव गर्ने ब्याजदर अंकित गरी आवेदन दिनुपर्ने व्यवस्था गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया