NIMB Header 2
Nepal Life

आजदेखि बैंक तथा वित्तीय संस्था पूर्ण सञ्चालनमा, शेयर बजार भने अझै बन्द: खोल्ने विषयमा छलफल हुँदै

Citizen Life
  • BFIS News
  • 2025 Sep 14 11:13
आजदेखि बैंक तथा वित्तीय संस्था पूर्ण सञ्चालनमा, शेयर बजार भने अझै बन्द: खोल्ने विषयमा छलफल हुँदै
National Life

काठमाडौं। जनजी आन्दोलनका कारण प्रभावित भएको जनजीवन सामान्य बन्दै गएसँगै आज (आइतबार) देखि बैंक तथा वित्तीय संस्थाहरू पूर्ण रूपमा सञ्चालनमा आएका छन्। अधिकांस बीमा कम्पनीहरू भने बिहीबारदेखि नै सञ्चालनमा आइसकेका थिए। बैंकहरू भने सुरक्षा कारणवश शुक्रबारसम्म सीमित रूपमा मात्रै सञ्चालनमा थिए।

NIMB

शनिवारदेखि सम्पूर्ण बैंक तथा वित्तीय संस्था पूर्ण रूपमा खुलेका हुन्। जनजी आन्दोलनको प्रभावका कारण शुक्रबारसम्म बैंकहरूको सेवा आंशिक रूपमा मात्र उपलब्ध थियो। आन्दोलनपछि सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। उनको नेतृत्वमा बनेको सरकारले आगामी फागुन २२ गते प्रतिनिधिसभाको निर्वाचन गराउने घोषणा गरिसकेको छ। सरकार गठनसँगै शनिबारदेखि जनजीवन पूर्ण रूपमा सामान्य अवस्थामा फर्किएको छ।

तर, यद्यपि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भने ठूला लगानीकर्ताको सुझावलाई मध्यनजर गर्दै असोज २ गतेसम्म शेयर कारोबार बन्द राख्ने निर्णय गरिसकेको छ। यद्यपि आजैदेखि जनजीवन सामान्य बनिसकेकाले धेरै लगानीकर्ताहरूले शेयर बजार पनि तुरुन्त खुला गर्न माग गरिरहेका छन्।

बजार विश्लेषक खेमराज खनालका अनुसार, "बजारले बटम लाग्न खोजिरहेको अवस्थामा स्टप लस हन्टिङ सकिएको छ। अबको समस्या र डर भनेको ठूला खेलाडीहरूलाई हो। कालोधन लगायतको स्मार्ट मनि यो बेला बजारमा प्रवेश गर्न सक्ने सम्भावना छ। यसले गर्दा रैथाने ठूला भनिएका लगानीकर्ता नै फस्ने डरले बजारलाई बन्धक बनाइएको हो।"

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले शेयर कारोबार गर्दा प्रत्यक्ष सरोकारवाला निकायहरू CDSC, ब्रोकर कम्पनीहरू, मर्चेन्ट बैंकरहरू आदिसँग छलफल गरी असोज २ गतेभन्दा अगावै बजार खुलाउने विषयमा विचारविमर्श भइरहेको जानकारी दिए।

यसअघि लगानीकर्ता संघसंस्थाहरूले भने आन्दोलनको भोलिपल्टदेखि अवस्था पूर्ण सामान्य नभएसम्म कारोबार बन्द राख्नुपर्ने माग गरेका थिए। तर अहिले अवस्था सामान्य भइसकेकाले नेप्सेले लगानीकर्ताहरूको मागभन्दा पर गएर लिएको निर्णय पुनः छलफल गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया