Nepal Life

कामना सेवा विकास बैंकको १९औँ साधारण सभा असोज २४ गते

NMB Bank
  • BFIS News
  • 2025 Sep 17 07:55
कामना सेवा विकास बैंकको १९औँ साधारण सभा असोज २४ गते
National Life

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ।

Shikhar
NIMB

बैंकले असोज २४ गते, शुक्रबार, बिहान ११ बजे, नक्सालस्थित भगवतीबहालको लिसारा रिसेप्शनमा १९औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो।

सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

यसका लागि बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। सोअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया