गरिमा विकास बैंकका २ लाख १२ हजारभन्दा बढी प्रवर्द्धक सेयर आजदेखि लिलामीमा
- BFIS News
- 2025 Sep Sun 12:45

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड (GBBL) का प्रवर्द्धक सेयरधारकहरूले २ लाख १२ हजार ८३४ दशमलव ६५ कित्ता प्रवर्द्धक सेयर सर्वसाधारणलाई लिलामीमार्फत बिक्री गर्न लागेको छन् ।
उक्त सेयर लिलामीमा व्यक्तिगत लगानीकर्ता, कम्पनी तथा संस्थागत निकाय सबै सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताले आज ५ असोज २०८२ देखि आगामी १५ दिनभित्र, अर्थात् २० असोज २०८२ भित्र आफ्ना प्रस्ताव पेश गर्नुपर्नेछ ।
बोली दिन इच्छुक लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा आफ्नो प्रस्ताव बुझाउन सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया