Nepal Life

नेशनल लाइफका राजेश यादव १२ सय बीमितका एक्ला बीमक, ७ वर्षदेखि चेयरपर्सन क्लवबाट सम्मानित

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Mon 16:31
नेशनल लाइफका राजेश यादव १२ सय बीमितका एक्ला बीमक, ७ वर्षदेखि चेयरपर्सन क्लवबाट सम्मानित
Sanima Reliance

काठमाडौं । जीवन बीमा व्यवसायको प्रमुख संवाहका रुपमा रहने अभिकर्ता बीमितका लागि बीमक सरह हुन् । प्रायः बीमितले बीमा कम्पनी नै चिनेका हुँदैनन् । यस्तै सन्दर्भ नेशलल लाइफका अभिकर्ता राजेश यादवको छ । उनि नेशनल लाइफमा विगत १४ वर्षदेखि अभिकर्ता पेशामा आवद्ध छन् । यस अवधिमा उनले १२ सय भन्दा धेरैलाई बीमा गराइसकेका छन् ।

 

NIMB

उनिहरु मध्ये २ प्रतिशत बीमितले मात्रै आफै बीमा शुल्क भुक्तानी गर्छन् । बाँकी अभिकर्ताले नविकरण बीमा शुल्क यादवको हातमै थमाइदिन्छन् । हरेक बीमितको घरदैलोबाटै जीवन बीमा सेवा दिदै आएका यादवले आफ्ना बीमितको पोलिसी ल्याप्सेस तथा सरेण्डर हुन दिदैनन् ।

यदि कुनै बीमितले पैसाको अभावमा बीमा शुल्क भुक्तानी गर्न सकेन भने कम्पनी मार्फत बीमा पोलिसी धितोमा राखेर कर्जा उपलब्ध गराइदिन्छन् । बीमा शुल्क भुक्तानी गर्नका लागी पोलिसी लोन दिने अभिकर्ताले अहिले सानो तिनो गर्जो टार्ने माध्यम नै बनाइसकेका छन् । उनि कुनै पनि बीमितलाई पोलिसी सरेण्डर गराउनै दिदैनन् । यदि कसैले पोलिसी सरेण्डर गर्छु भन्दै आइहाल्यो भने पनि उनि तपाईलाई यसबाट ठुलो घाटा हुने भन्दै सम्झाएर पठाउछन् ।

यस्तै स्वभावका कारण यादव अभिकर्ताको सहारा बनेका छन् । बीमितको अपार माया र सद्भावले गर्दा सन् २०२३ मा एमडिआरटी बन्न सफल भए ।

नेशनल लाइफले हरेक वर्ष दिदै आएको चेयरपर्सन क्लवको अवार्डलाई यादवले विगत ७ वर्षदेखि चुम्दै आइरहेका छन् । गत आर्थिक वर्षमा नेशनल लाइफमा साढे तीन सय अभिकर्ता चेयरपर्सन क्लबमा पर्न सफल भए । यसमा पर्नका लागि कम्तिमा पनि एउटा अभिरक्ताले पोर्सनल कोडबाट ३० लाख र समुहबाट ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्नु पर्छ । नेशनल लाइफका जो कोही अभिकर्ताको अन्तिम टार्गेट नै यहि चेयरपर्सन क्लबमा कसरी पर्ने भन्ने हुन्छ । तर सातवर्षदेखि यसमा पर्न सफल हुनु आफैमा ठुलो उपलब्धी हो  ।

यसरी गत वर्ष यो क्लवमा पर्न सफल अभिकर्ताहरुका लागि तीन दिने भव्य कार्यक्रम आयोजना गरिएको थियो । तीन दिनको कार्यक्रममा दुई दिन अभिकर्ताहरुलाई तालिम प्रदान गरिन्छ भने एक दिन अवार्ड सेरोमोनी हुन्छ । एक वर्षभरि गरिएको सम्पुर्ण दुख पिडालाई भुलाएर कम्पनीले उनिहरुलाई सम्मानित गर्ने गर्दछ ।

प्राइभेट जागिर छाडेर १४ वर्ष अगाडी नेशनल लाइफमा पुर्णालिन अभिकर्ता पेशामा लागे पछि उनले कहिले पनि जागिरको महशुस गर्नु परेको छैन । प्लस टुसम्मको अध्ययन पुरा गरेर प्राइभेट जागिरले उनलाई खासै सन्तुष्ट पार्न सकेको थिएन । अहिले पनि हरेक दिन उनि कम्तिमा पनि बीमाका लागि २/३ घण्टा समय दिन्छन् ।

उनि भन्छन् ‘जीवन बीमा व्यवसायमा निरन्तर प्रयास गरिरहनु पर्छ र बीमा सम्बन्धी जनचेतना अगाडी बढाउनु पर्छ ।’ उनले थपे, टार्गेट पुरा गर्नु ठुलो कुरा होइन निरन्तरता हुनु पर्यो । यादव आफै हरेक दिन नयाँ नयाँ बीमितकोमा पुग्छन् र पोलसी बिक्री गर्छन् । यसका लागि उनि हरेक दिन कुनै न कुनै व्यक्तिलाई भेटिरहन्छन् र कन्भिन्समा जुटिहाल्छन् ।

उनका कतिपय पोलिसी परिपक्व हुन थालिसकेका छन् । गएको वर्षदेखि नै पोलिसी परिपक्व हुन थालिसकेको छ । यो पेशामा विस्तारै विस्तारै काम गर्नु पर्ने उनको अनुभव छ । आत्तीएर हडवडाएर हुँदैन मिहिनेत गर्नु पर्छ, उनले भने । कुनै पनि व्यक्तिले बोलाएको समयमा पुग्नु पर्छ । ग्राहकलाई कहिले पनि दुखः दिन नहुने उनि बताउछन् । बीमितलाई जति राम्रो सेवा दियो उनिहरुले अन्य पोलिसीका लागि पनि आग्रह गरिदिन्छन् ।

उनि सुरु सुरुमा ग्रामिण क्षेत्रमा बढि केन्द्रित थिए तर अहले सहरी क्षेत्र तथा कर्पोरेटमा पनि पुग्न सफल भएका छन् । सुरुमा गाउँलाई बढि केन्द्रित गरेका थिए तर आम सर्वसाधारणको बीमा गर्न सक्ने क्षमतामा ह्रास आउदै गर्दा उनले सहरी क्षेत्रमा पनि आफ्ना बीमित बनाउन सुरु गरेका हुन् ।

गाउँ घरमा खतिपातीबाट खासै राम्रो आम्दानी हुँदैन । नगदेवालीहरु लगभग बन्दै भइसकेको छ । यो वर्ष पानी कम परेकाले उखु तथा तोरी बाली फस्टाउन नसक्दा तराइमा आक्रान्त छ । आम्दानीमा ठुलो ह्रास आएकोले सर्वसाधारणको बीमा गर्न सक्ने क्षमतामा पनि ह्रास आइरहेको उनको भनाइ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया