Nepal Life

गुराँस लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी १३ करोड २३ लाख नाघ्ने

NMB Bank
  • BFIS News
  • 2025 Sep 25 11:42
गुराँस लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी १३ करोड २३ लाख नाघ्ने
National Life

काठमाडौं, असोज ९ — गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Shikhar
NIMB

असोज ८ गते सम्पन्न सञ्चालक समितिको १५५औं बैठकले हाल कायम रहेको ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजीमा आधारित रही १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यस अनुसार कम्पनीले करसहित १ करोड ६५ लाख रुपैयाँ बराबरको बोनस शेयर र ८ लाख ६८ हजार ८७१ रुपैयाँ ७५ पैसाको नगद लाभांश प्रस्ताव गरेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आउँदो वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।शेयरधनीहरूलाई प्रदान गरिने बोनस शेयरले कम्पनीको पूँजी मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया