NIMB Header 2
Nepal Life

नेपाल राष्ट्र बैंकले दशैं र तिहारको अवसरमा डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रूपमा बढायो

National Life
  • BFIS News
  • 2025 Sep 26 11:31
नेपाल राष्ट्र बैंकले दशैं र तिहारको अवसरमा डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रूपमा बढायो
Sanima Reliance

काठमाडौं । डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिँदै आएको नेपाल राष्ट्र बैंकले चाडपर्वको अवसरमा भुक्तानी सेवा प्रदायकहरूद्वारा सञ्चालन भइरहेका डिजिटल वालेटहरूमा रकम जम्मा गर्ने संख्या (transaction limit) अस्थायी रूपमा वृद्धि गर्ने निर्णय गरेको छ।

Shikhar
NIMB

राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नुका साथै नयाँ नोटको संरक्षणलाई ध्यानमा राख्दै, गएको वर्षदेखि दशैंको समयमा नयाँ नोटको वितरणलाई स्थगन गरी सुकिला नोट मात्र वितरण गर्दै आएको छ।

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन (अ. प्रा. निर्देशन नं. ५/०८१) को बुँदा नं. ३ को उपबुँदा २ अनुसार, हालसालैसम्म प्राकृतिक व्यक्तिले आफ्नो वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सक्ने व्यवस्था थियो।

तर, बडा दशैंको शुभ अवसरमा २०८२ सालको असोज १३ गतेदेखि असोज २१ गतेसम्म तथा शुभ दिपावली र छठ पर्वको अवसरमा कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्मका लागि यो सीमा १० बाट बढाएर ४० पटकसम्म पुर्‍याइएको छ।

राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूलाई यी अवधिमा भएका कुल कारोबार संख्या र कारोबार रकमको विवरण यस विभागमा जानकारी गराउन समेत परिपत्रमार्फत अनुरोध गरेको छ। यो कदमले चाडपर्वको समयमा डिजिटल कारोबार थप सहज र सरल हुने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया