Nepal Life

माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोईरालाले बुझे एक करोड ७१ लाख वार्षिक तलब सुविधा

NMB Bank
  • BFIS News
  • 2025 Sep 27 11:44
माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोईरालाले बुझे एक करोड ७१ लाख वार्षिक तलब सुविधा
National Life

काठमाडौं। माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले गत आर्थिक वर्ष २०८१/८२ मा एक करोड ७१ लाख रुपैयाँको तलब भत्ता सुविधा तथा बोनस बुझेका छन्।

Shikhar
NIMB

बैंकर्स एसोसिएसनका अध्यक्ष समेत रहेका कोईरालाले एमबिएसम्मको अध्ययन पुरा गरेका छन्। उनको करिअर प्रज्ञा एकेडेमीमा सन् १९९६ बाट सुरु भएको थियो। उनले प्रज्ञा एकेडेमीमा सन् २००० सम्म काम गरे। उनको बैंकिङ करिअर भने सन् २००० बाट बैंक अफ काठमाडौंबाट सुरु भएको हो। उनले यसल बैंकमा सन् २००४ सम्म काम गरे। त्यस पछिको बैंकिङ क्षेत्रमा दोस्रो इनिङ सानिमा बैंकबाट भयो। जहाँ उनि २००४ देखि सन् २०१३ सम्म काम गरे। यस अवधिसम्म बैंकिङ क्षेत्रमा विभिन्न पदमा रहेर काम गरेका उनको उच्च व्यवस्थापन तहको यात्रा माछापुच्छ्रे बैंकबाट भयो। उनि सन् २०१३ देखि माछापुच्छ्रे बैंकमा कार्यरत छन्। प्रमुख कार्यकारी अधिकृत पदमा उनको यो दोस्रो कार्यकाल पनि हो।

सिइओ कोइरालाले गएको वर्ष तलब मात्रै ७४ लाख १६ हजार बुझेका छन्। त्यस्तै ५९ लाख ६१ हजार भत्ता र अन्य सुविधाबापत १७ लाख ८९ हजार प्राप्त गरेका छन्। नियमअनुसार उनले मुनाफाबाट २० लाख २६ हजार रुपैयाँ बोनस रकम प्राप्त गरेका छन्। त्यस्तै बैंकको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने १६ करोड ३६ लाख रुपैयाँ प्राप्त गरेका छन्।

सञ्चालकहरुलाई भने पारिश्रमिकको व्यवस्था गरिएको छैन। सञ्चालक समितिको बैठकमा भाग लिए बापत प्रति बैठक अध्यक्षलाई १८ हजार र सञ्चालकलाई १५ हजार ५०० रुपैयाँ भत्ता उपलब्ध गराइएको बैंकले जनाएको छ। यस बाहेक प्रति महिना पत्रपत्रिका, मोबाइल तथा इन्टरनेट खर्च बापत १५ हजार उपलब्ध गराउने व्यवस्था रहेको छ। साथैल ५० लाख बराबरको सामुहिक दुर्घटना बीमा भने गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया