Nepal Life

दसैँमा नोटको जतन गर्न राष्ट्र बैंकको अनुरोध

NMB Bank
  • BFIS News
  • 2025 Sep 30 07:36
दसैँमा नोटको जतन गर्न राष्ट्र बैंकको अनुरोध
National Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैँको अवसरमा देवीको प्रसादस्वरूप प्रयोग गरिने टीका, जमरा र दक्षिणाका लागि प्रयाेग हुने बैंक नोटहरूमा विशेष सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ।

Shikhar
NIMB

राष्ट्र बैंकका अनुसार, बैंक नोटलाई च्यातेको, भिजेको वा फोहोर अवस्थामा नराखी सफा र सुकिला अवस्थामा चलनचल्तीमा राख्नुपर्ने उद्देश्यले यस्तो अनुरोध गरिएको हो। विशेषगरी, टीका, चन्दन, अक्षता, अबिर जस्ता सामग्री बैंक नोटमा नलगाउन र नोटलाई सुक्खा, सफा स्थानमा राख्न आग्रह गरिएको छ।

दसैंमा दक्षिणा दिँदा बैंक नोट जिम्मेवारीपूर्वक र होशियारीपूर्वक प्रयोग गरिनुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ। साथै, सकेसम्म डिजिटल माध्यमको प्रयोग गर्न पनि सबैमा आग्रह गरिएको छ।

राष्ट्र बैंकले भनेको छ, “दसैंमा देवीको प्रसादस्वरूप टीका, जमरा सँगै दक्षिणाका लागि नोट प्रयोग गर्दै हुनुहुन्छ भने कृपया सजग बनौं। नोटको जतन गर्नु हाम्रो सामूहिक कर्तव्य हो।”

विजया दशमी २०८२ हर्षोल्लासका साथ मनाउँदै गर्दा बैंक नोटहरूको सुरक्षा र संरक्षणमा ध्यान दिन सबैलाई राष्ट्र बैंकले हार्दिक अनुरोध गर्दै दसैंको शुभकामना व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया