Nepal Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अत्यावश्यक बैंकिङ सेवाको आज २ बजेसम्म सम्पुर्ण काउन्टर खोल्ने

NMB Bank
  • BFIS News
  • 2025 Oct 06 06:44
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अत्यावश्यक बैंकिङ सेवाको आज २ बजेसम्म सम्पुर्ण काउन्टर खोल्ने
National Life

२०८२ असोज २०, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आज (आइतबार) ग्राहक महानुभावहरूको अत्यावश्यक बैंकिङ सेवाको लागि आफ्ना सम्पूर्ण काउण्टरहरू दिउँसो २ बजे सम्मका लागि खुला रहने जानकारी दिएको छ।

Shikhar
NIMB

सरकारले अविरल वर्षा पछि आएको बाढी र पहिरोका कारण असोज १९ र २० गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो। तर, मौसमी सुधार आएपछि सरकारले असोज १९ गते सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्र बाहेकका कार्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको थियो।

उक्त निर्देशनका आधारमा बैंक तथा वित्तीय संस्थाहरूले आन्तरिक सर्कुलर जारी गर्दै आजका लागि आफ्ना शाखा कार्यालयहरू सीमित समयका लागि सञ्चालन गर्ने निर्णय गरेका छन्।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ग्राहकहरूलाई अत्यावश्यक सेवा प्रवाहमा सहजता मिलोस् भन्ने उद्देश्यले २ बजे सम्म बैंकिङ सेवा सञ्चालन गर्ने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया