Nepal Life

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कात्तिक १२ मा वार्षिक साधारण सभा

NMB Bank
  • BFIS News
  • 2025 Oct 09 10:29
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कात्तिक १२ मा वार्षिक साधारण सभा
National Life

काठमाडौँ, असोज २३ – एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज बिहीबार परेको छ। बैंकले भोली असोज २४ गते बुकक्लोज गर्ने निर्णय गरेपछि, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले मात्र बैंकको आगामी साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Shikhar
NIMB

बैंकले कात्तिक १२ गते, बुधबार, बिहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभामा हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ १४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन, नयाँ लेखापरीक्षक नियुक्ति लगायतका अन्य महत्वपूर्ण प्रस्तावहरु पनि पारित गर्नेछ।

बैंकका शेयरधनीहरुलाई निर्धारित मिति भित्र सेयर कारोबार गरी आफ्नो नाममा कायम राख्न अनुरोध गरिएको छ, ताकि उनीहरुले प्रस्तावित लाभांश र सभामा भाग लिने अधिकार सुनिश्चित गर्न सकून्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया