Nepal Life

नेपाल राष्ट्र बैंकद्धारा दुई मनिचेञ्जरको इजाजतपत्र रद्द

NMB Bank
  • BFIS News
  • 2025 Oct 09 11:54
नेपाल राष्ट्र बैंकद्धारा दुई मनिचेञ्जरको इजाजतपत्र रद्द
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्रको म्याद तोकिएको समयमा नवीकरण नगरेका दुई मनिचेञ्जर कम्पनीहरूको इजाजतपत्र रद्द गरेको छ।

Shikhar
NIMB

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग, बालुवाटारले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार युनियन करेन्सी एक्सचेन्ज प्रा.लि. र के.टी.एम. ओम मनी एक्सचेन्ज प्रा.लि. का इजाजतपत्र रद्द गरिएको हो।

सूचनामा उल्लेख अनुसार, उक्त मनिचेञ्जरहरूले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९(३) बमोजिम तोकिएको समयसीमाभित्र — अर्थात् म्याद समाप्त भएको मितिले तीन महिनाभित्र — नवीकरणका लागि निवेदन नदिएकाले इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको हो।

राष्ट्र बैंकले सम्बन्धित कम्पनीहरूलाई मनिचेञ्जर कारोबार गर्न निषेधित रहेको जानकारी दिँदै सर्वसाधारण तथा सरोकारवालाहरुलाई सो कम्पनीहरूसँग विदेशी विनिमय कारोबार नगर्न आग्रह गरेको छ।

राष्ट्र बैंकले मनिचेञ्जर कारोबारमा पारदर्शिता, अनुशासन र वित्तीय प्रणालीको स्थायित्व सुनिश्चित गर्नका लागि इजाजतपत्र नवीकरण, निरीक्षण र नियमनको प्रक्रिया कडाइका साथ लागू गरिरहेको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया