Nepal Life

अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा १० ठुला बाणिज्य बैंकको लेखापरीक्षण सुरु हुँदै

NMB Bank
  • BFIS News
  • 2025 Oct 10 12:45
अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा १० ठुला बाणिज्य बैंकको लेखापरीक्षण सुरु हुँदै
National Life

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को सर्तअनुसार १० ठूला वाणिज्य बैंकको लेखा परीक्षण विदेशी अडिट फर्ममार्फत सुरु भएसँगै नेपाल राष्ट्र बैंकले बाँकी १० बैंकको पनि लेखा परीक्षण गराउने भएको छ।

Shikhar
NIMB

पहिलो चरणमा १० ठूला वाणिज्य बैंकको ऋणको गुणस्तर परीक्षणको जिम्मा बंगलादेशको होवलदार युनुस एण्ड कम्पनी ले पाएको छ। करिब ४ करोड ३७ लाख ४५ हजार रुपैयाँ लागतमा यो काम हुन लागेको हो। सो फर्मको अडिट टोली शनिबार काठमाडौं आइपुग्ने कार्यक्रम छ।

विश्व बैंकको आर्थिक सहयोगमा, राष्ट्र बैंकमार्फत पहिलो चरणमा लेखा परीक्षणमा परेका १० बैंकहरू:

नबिल बैंक

एनआईसी एशिया

नेपाल इन्भेष्टमेन्ट मेगा

प्रभु बैंक

कुमारी बैंक

लक्ष्मी सनराइज

हिमालयन बैंक

ग्लोबल आईएमई

एनएमबि बैंक

राष्ट्रिय वाणिज्य बैंक

दोस्रो चरणमा बाँकी बैंकको परीक्षण

अब बाँकी १० वाणिज्य बैंकको ऋणको गुणस्तर परीक्षण राष्ट्र बैंकले आफ्नै खर्चमा गराउने तयारी गरेको छ। परीक्षणमा पर्ने बैंकहरूमा निम्न बैंकहरू छन्:

स्टान्डर्ड चार्टर्ड बैंक

एभरेष्ट बैंक

नेपाल एसबिआई

सिद्धार्थ बैंक

सिटिजन्स बैंक

माछापुच्छ्रे बैंक

प्राइम कमर्सियल बैंक

कृषि विकास बैंक

सानिमा बैंक

नेपाल बैंक

आईएमएफको सर्त र शंका

नेपालले शोधनान्तर घाटा घटाउने र बाह्य आर्थिक स्थायित्व कायम गर्नका लागि आईएमएफको 'विस्तारित ऋण सुविधा (ECF)' अन्तर्गत ३६ महिनाको सुधार कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही कार्यक्रमअन्तर्गत चरणबद्ध रूपमा अनुदान तथा ऋण रकम उपलब्ध गराइँदैछ।

आईएमएफले नेपाली बैंकहरूको खराब ऋण (Non-Performing Loans - NPL) को आँकडाप्रति शंका गर्दै विदेशी लेखा परीक्षकमार्फत परीक्षण गर्न दबाव दिएको हो। आईएमएफको दाबी अनुसार, नेपाली बैंकहरूमा ऋण नवीकरण (एभरग्रिनिङ) गरिन्छ, साँवा भुक्तानी नगरी ब्याज तिर्ने प्रणालीले खराब ऋण देखिँदैन।

तीन तहको निगरानी प्रणाली

हाल नेपाली बैंकहरूको लेखा परीक्षण तीन तहबाट हुँदै आएको छ:

1. बैंककै आन्तरिक लेखा परीक्षक

2. बाह्य लेखा परीक्षक

3. राष्ट्र बैंकको स्थलगत निरीक्षण

यति धेरै नियमनका बाबजुद पनि खराब ऋणको औसत अनुपात ५ प्रतिशतभन्दा कम देखिएको छ। कोभिडकालमा ऋण बिग्रिने डर हुँदाहुँदै पनि खराब कर्जा उल्लेखनीय रूपमा नबढेको राष्ट्र बैंकको दाबी छ।

विगतको अनुभव

सन् २००० मा सरकारी स्वामित्वका तीन बैंक (नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक) को लेखा परीक्षण अन्तर्राष्ट्रिय अडिट फर्म केपीएमजी बाट गरिएको थियो। केपीएमजीले औंल्याएका कमजोरीहरू सुधार गरेपछि ती बैंकहरू आज मजबुत अवस्थामा छन्।

आईएमएफको सिफारिसअनुसार राष्ट्र बैंकले पनि हालै आफ्नो बाह्य लेखा परीक्षण गराएको थियो, जसमा विशेष समस्या नदेखिएको उच्च अधिकारीहरू बताउँछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया