Nepal Life

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Oct 11 07:00
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न
National Life

काठमाण्डौं, आश्विन २४, २०८२ — नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा आज बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौंमा सम्पन्न भएको छ।

Shikhar
NIMB

कम्पनीका अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा सञ्चालक समितिका सदस्यज्यूहरू, शेयरधनी महानुभावहरू तथा व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशतबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअनुसार, शेयरधनीहरूलाई कुल रु. ८,१०,००,००० (अक्षेरूपी आठ करोड दश लाख रुपैयाँ मात्र) बराबरको बोनस सेयर वितरण गरिनेछ।

त्यस्तै, बोनस सेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि १.३१५७८९४७ प्रतिशत ले हुन आउने रु. ४२,६३,१५७.८९ नगद लाभांश पनि प्रदान गरिनेछ।

साधारण सभाले कम्पनीको वित्तीय स्थिति सुदृढ भएको र भविष्यमा पनि दिगो विकासका लागि थप योजना कार्यान्वयन गरिने जानकारी दिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया