NIMB Header 2
Nepal Life

ग्लोबल आइएमई बैंकको ८% नगद लाभांश घोषणा, शेयरधनीलाई तीन अर्ब ४ करोड लाभांश वितरण गर्ने

National Life
  • BFIS News
  • 2025 Oct 12 12:02
ग्लोबल आइएमई बैंकको ८% नगद लाभांश घोषणा, शेयरधनीलाई तीन अर्ब ४ करोड लाभांश वितरण गर्ने
Sanima Reliance

काठमाडौं, असोज २६ – ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ। प्रस्तावित ८ प्रतिशत अर्थात ३ अर्ब ४ करोड रुपैयाँ वितरण गर्नेछ। 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछी र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जानकारी दिएको छ।

ग्लोबल आइएमई बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो, जसले देशभर व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया