NIMB Header 2
Nepal Life

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँको निक्षेप खिच्दै

National Life
  • BFIS News
  • 2025 Oct 12 12:15
बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँको निक्षेप खिच्दै
Sanima Reliance

काठमाडौं, आईतबार — नेपाल राष्ट्र बैंकले आज (आईतवार) ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ। राष्ट्र बैंकका अनुसार हाल बजारमा अधिक तरलता कायमै रहेकाले त्यसलाई व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) प्रयोग गरिँदैछ।

Shikhar
NIMB

यसका लागि ब्याजदर अनलाइन बोलकबोल (Auction) को माध्यमबाट निर्धारण गरिनेछ। आजको बोलकबोलमा संकलित निक्षेपको सावाँ तथा ब्याज आगामी २०८२ साल कात्तिक २ गते भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी आह्वान गरिएको कुल रकमसम्म बैंक तथा वित्तीय संस्थाहरूले बोलकबोल गर्न सक्नेछन्।

हाल मुलुकको कुल निक्षेप ७३ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। वित्तीय प्रणालीमा देखिएको दीर्घकालीन तरलता र ब्याजदरको व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) जस्ता उपकरणहरूको प्रयोग गर्दै आएको छ।

यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। बोलकबोलमा सहभागी संस्थाहरूले प्रस्ताव गरेको ब्याजदर अनुसार सबैभन्दा कम ब्याजदरका बोललाई प्राथमिकता दिई क्रमशः रकम बाँडफाँट गरिनेछ।

राष्ट्र बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार, दीर्घकालीन तरलता स्थिति देखिएमा त्यसको व्यवस्थापन गर्न कारोबार सञ्चालन समितिको निर्णयअनुसार बढीमा ६ महिनाको अवधिसम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही व्यवस्थाअनुसार केन्द्रिय बैंकले पटक–पटक यस्ता उपकरण प्रयोग गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया