NIMB Header 2
Nepal Life

ग्रामीण विकास र समाज लघुवित्त गाभिएपछि एकीकृत कारोबार कार्तिक २ गतेदेखि सुरु हुने

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 14 11:27
ग्रामीण विकास र समाज लघुवित्त गाभिएपछि एकीकृत कारोबार कार्तिक २ गतेदेखि सुरु हुने
National Life

काठमाडौं। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको गाभ्ने–गाभिने (मर्जर) प्रक्रिया सम्पन्न भई ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार आगामी मिति २०८२ साल कार्तिक २ गतेदेखि सुरु हुने भएको छ।

NIMB

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बुटवल–१०, रुपन्देही (राष्ट्रिय स्तर कार्यक्षेत्र) र “घ” वर्गकै इजाजतपत्र प्राप्त समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, मलङ्गवा, सर्लाही (प्रदेश स्तर कार्यक्षेत्र) बीच मर्जरसम्बन्धी सम्झौता दुवै संस्थाको वार्षिक साधारण सभाबाट पारित विशेष प्रस्तावका आधारमा सम्पन्न भएको हो।

नेपाल राष्ट्र बैंकबाट मिति २०८२ असोज २३ गते अन्तिम स्वीकृति प्राप्त भएपछि र कम्पनी रजिष्टारको कार्यालयबाट मिति २०८२ असोज २६ गते गाभ्ने संस्थाको सम्पत्ति तथा दायित्व ग्रामीण विकास लघुवित्तमा मिलाउने स्वीकृति पाएको छ। त्यसअनुसार समाज लघुवित्तको सम्पूर्ण कारोबार, सम्पत्ति र दायित्व अब ग्रामीण विकास लघुवित्तमा एकीकृत हुनेछ।

संस्थाले जानकारी दिएअनुसार, मर्जरपछि एकीकृत संस्था ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट सञ्चालन हुनेछ। संस्थाको प्रधान कार्यालय बुटवल उप–महानगरपालिका–१०, कालिकानगर, रुपन्देहीमा नै रहनेछ।

दुवै वित्तीय संस्थाको तथ्याङ्क एउटै सफ्टवेयरमा मिलान (Data Migration) गर्नुपर्ने भएकाले मिति २०८२ असोज ३१ गते (कार्तिक १ गते) का दिन दुवै संस्थाको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने जानकारी दिइएको छ। सो दिनका लागि ग्राहक सदस्यमा पर्न सक्ने असुविधाप्रति संस्थाले क्षमा मागेको छ।

त्यसैगरी, मिति २०८२ कार्तिक २ गतेदेखि (अक्टोबर १९, २०२५) एकीकृत कारोबार सुरु हुने भएकाले शेयर लगत एकीकरण र पुनः सूचीकरण (re-listing) कार्य सम्पन्न नभएसम्मका लागि कार्तिक १ गतेदेखि शेयर कारोबार बन्द हुने जानकारी समेत प्रकाशित गरिएको छ।

ग्रामीण विकास लघुवित्त र समाज लघुवित्तबीचको मर्जर सम्झौता २०८१ फागुन १९ गते (२ मार्च २०२५) मा भएको थियो। त्यसपश्चात नेपाल राष्ट्र बैंकले २०८१ जेठ २५ गते (८ जून २०२५) मा मर्जरका लागि Letter of Intent (LOI) प्रदान गरेको थियो।

दुवै संस्थाले १:१ को शेयर स्वाप अनुपातमा (swap ratio) मर्जर गर्ने सहमति गरेका थिए। यस सम्बन्धी प्रस्ताव दुवै संस्थाको साधारण सभाबाट पारित भइसकेको हो।

हाल बजारमा ग्रामीण विकास लघुवित्त (GBLBS) को मूल्य रु ७२९.२० र समाज लघुवित्त (SAMAJ) को मूल्य रु २,५७३ कायम रहेको छ।

मर्जरपछि ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्रिय स्तरमा आफ्नो सेवा विस्तार गर्दै सदस्य र शेयरधनीका हितमा थप सुदृढ वित्तीय सेवा सञ्चालन गर्ने जनाएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार