NIMB Header 2
Nepal Life

नेपाल राष्ट्र बैंकद्वारा उपदान तथा पेन्सन कोषको ३ अर्ब ३० करोड लगानीका लागि प्रस्ताव आह्वान

National Life
  • BFIS News
  • 2025 Oct 14 13:03
नेपाल राष्ट्र बैंकद्वारा उपदान तथा पेन्सन कोषको ३ अर्ब ३० करोड लगानीका लागि प्रस्ताव आह्वान
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रु. ३ अर्ब ३० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा ३६६ दिनका लागि मुद्दती निक्षेपका रुपमा लगानी गर्न प्रस्ताव आह्वान गरेको छ।

Shikhar
NIMB

राष्ट्र बैंकको वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाई, बालुवाटारले मिति २०८२ असोज २७ गते सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाले तोकिएको मापदण्ड पूरा गरी २०८२ असोज २९ गते बेलुकी ७ बजे भित्र प्रस्ताव पठाउनुपर्नेछ।

प्रस्ताव पठाउँदा राष्ट्र बैंकले तोकेको फारम (अनुसूची–२) प्रयोग गर्नुपर्नेछ, जसलाई PDF फर्म्याटमा Scan गरी Password Protected File का रुपमा [[email protected]](mailto:[email protected]) मा पठाउन भनिएको छ। साथै, उक्त File को पासवर्ड भने २०८२ असोज ३० गते बिहान १० बजे देखि दिउँसो १२ बजे भित्र सोही इमेलमा पठाउनुपर्नेछ।

लगानीको कुल सीमा

 “क” वर्गका वाणिज्य बैंकमा : रु. २ अर्ब ६४ करोड

 “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा : रु. ४९ करोड ५० लाख

 “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा : रु. १६ करोड ५० लाख

 कुल लगानी योग्य रकम : रु. ३ अर्ब ३० करोड

योग्यता र मापदण्ड

लगानीका लागि इच्छुक संस्थाले निम्न मापदण्ड पूरा गर्नुपर्नेछः

 सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको।

 राष्ट्र बैंकले तोकेको न्यूनतम कुल पुँजी (Buffer सहित) कायम भएको।

 निष्क्रिय कर्जा (NPL) कुल कर्जाको ८ प्रतिशत र खूद निष्क्रिय कर्जा ३ प्रतिशत ननाघेको।

 निर्धारित तरलता अनुपात र कर्जा–निक्षेप अनुपात सीमा भित्र रहेको।

 अघिल्लो आर्थिक वर्षमा खुद नाफामा रहेको।

 शीघ्र सुधारात्मक कारबाहीमा परेको भए पनि फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको।

 समस्याग्रस्त घोषणा नभएको वा सो फुकुवा भएको ६ महिना पुगेको।

 सर्वसाधारणका लागि शेयर जारी गरिसकेको।

 व्याजदर प्रस्ताव सम्बन्धी व्यवस्था

 एक मात्र व्याजदर प्रस्ताव गर्न पाइनेछ।

 सबैभन्दा बढी व्याजदर प्रस्ताव गर्ने संस्थामा लगानी गरिनेछ।

 बराबर उच्च दर प्रस्ताव गर्ने दुई वा बढी संस्थाको हकमा राष्ट्र बैंकको कोष नीतिअनुसार छनोट गरिनेछ।

 प्रस्तावित दर तोकिएको मिति (२०२५ अक्टोबर ३० – २०२६ अक्टोबर ३०) सम्म कायम रहनेछ।

चयन भएका संस्थाले त्रैमासिक रूपमा व्याज भुक्तानी गर्नुपर्नेछ। त्रैमासिक व्याज तथा परिपक्व निक्षेप रकम नेपाल राष्ट्र बैंक, बैंकिङ विभागमा रहेको खाताबाट स्वतः असुल गरिनेछ। यदि मौज्दात अभावका कारण भुक्तानी समयमै हुन नसकेमा त्यस्तो संस्थाले पेनाल व्याज समेत व्यहोर्नु पर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया