NIMB Header 2
Nepal Life

बैंकहरुले सिएसआरको पैसा जेनजी आन्दोलन प्रभावितको उपचार र सीप विकासमा पनि सहयोग गर्नु पर्ने

National Life
  • BFIS News
  • 2025 Oct 15 11:42
बैंकहरुले सिएसआरको पैसा जेनजी आन्दोलन प्रभावितको उपचार र सीप विकासमा पनि सहयोग गर्नु पर्ने
Sanima Reliance

काठमाण्डौं, २९ असोज २०८२ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब, विपन्न तथा लक्षित वर्गको जीवनस्तर uplift गर्न योगदान पु-याउने उद्देश्यले नयाँ निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको "संस्थागत सामाजिक उत्तरदायित्व (CSR) मार्गदर्शन" मा दुई नयाँ उपबुँदाहरू थप गर्दै जेनजी आन्दोलनका घाइते र शहीद परिवारलाई लक्षित विशेष प्रावधान समावेश गरिएको छ।

Shikhar
NIMB

नयाँ थप गरिएको मार्गदर्शनको बुँदा ६.२ को उपबुँदा ६.२.६ अनुसार, जेनजी आन्दोलनमा घाइते भई हाल सरकारी अस्पतालमा उपचाररत गरीब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि आवश्यक खर्च सरकारी अस्पताललाई नै उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसबाट पीडित नागरिकले दोहोरो खर्च बेहोर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।

त्यस्तै, बुँदा ६.७ मा थप गरिएको उपबुँदा ६.७.५ अनुसार, जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारमा प्रत्यक्ष आय आर्जनको स्रोत नभएका सदस्यहरूको आय आर्जन क्षमता अभिवृद्धि गर्न सीपमूलक तालिममा सहयोग पुग्ने व्यवस्था गरिएको छ। नेपाल सरकार वा सरकारबाट स्वीकृति प्राप्त तालिम दिने संस्थाहरूले यस्ता परिवारका सदस्यलाई तालिम प्रदान गरेपछि ती संस्थालाई आवश्यक खर्च प्रदान गर्न सकिने व्यवस्था गरिएको हो।

राष्ट्र बैंकले जारी गरेको यो मार्गदर्शन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले मुलुक र समाजप्रति जिम्मेवारी वहन गर्दै गरिब, विपन्न तथा लक्षित वर्गको उत्थानमा प्रभावकारी भूमिका खेल्नुपर्ने जनाएको छ। साथै, पारदर्शी, उद्देश्यमुखी र प्रभावकारी ढंगले सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ।

यस निर्देशनमार्फत वित्तीय संस्थाहरूलाई सामाजिक न्याय र समावेशीताको संवर्धनमा योगदान पुर्‍याउने अवसर सिर्जना भएको छ। राष्ट्र बैंकको यो कदमले जेनजी आन्दोलनबाट पीडित परिवारहरूलाई राहत पुर्‍याउनुका साथै सामाजिक पुनःस्थापनामा टेवा पुग्ने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया