Nepal Life

मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत नगद लाभांश घोषणा, शेयरधनीले १२ करोड १७ लाख रुपैयाँ पाउने

NMB Bank
  • BFIS News
  • 2025 Oct 16 10:33
मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत नगद लाभांश घोषणा, शेयरधनीले १२ करोड १७ लाख रुपैयाँ पाउने
National Life

काठमाण्डौ, असोज ३० – मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ।

बैंकले लाभांश वितरणको प्रस्ताव लगानीकर्तालाई दीर्घकालीन प्रतिफल दिने तथा बैंकको वित्तीय सुदृढतालाई झल्काउने संकेतको रूपमा लिएको छ।

हाल बैंकको चुक्ता पूँजी एक अर्ब २१ करोड रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश अनुसार बैंकले शेयरधनीलाई १२ करोड १७ लाख रुपैयाँ लाभांश वितरण गर्ने भएको हो। बैंकले हरेक वर्ष शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्दै आइरहेको छ। हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ५६१ रुपैयाँ रहेको छ। शेयरधनीले यस पटक क्यास फ्लो व्यवस्थापन गर्ने अवसर प्राप्त गरेका छन्। 

हेर्नुहोस् बैंकको डेढ दशकको लाभांश इतिहास

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया