नेपाल इन्भेष्टमेन्ट बैंकले पोखराको अमरसिंह शाखाको लकर स्थानान्तरण गर्दै, सामान सुरक्षित गर्न अनुरोध
- BFIS News
- 2025 Oct 17 06:06

पोखरा । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिका–१०, अमरसिंहचोकमा अवस्थित आफ्नो अमरसिंह शाखा कार्यालय नयाँ भवनमा स्थानान्तरण गर्न लागेको छ । बैंकले जारी गरेको सूचनाअनुसार शाखा कार्यालय मिति २०८२ कार्तिक १६ गतेदेखि नयाँ स्थानबाट सञ्चालन हुने भएको हो ।
यसै क्रममा शाखामा रहेको लकर सेवा मिति २०८२ कार्तिक १४ गतेमा स्थानान्तरण गरिने भएकाले, उक्त शाखामा लकर प्रयोग गर्ने ग्राहक महानुभावहरूले सो मितिभित्र बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्पर्क राखी टुटफुट हुन सक्ने सामग्रीहरू सुरक्षित गर्न अनुरोध गरिएको छ । बैंकले अन्यथा लकर स्थानान्तरणको क्रममा हुन सक्ने क्षतिप्रति बैंक जिम्मेवार नहुने स्पष्ट पारेको छ ।
सूचनाअनुसार, हालको शाखा स्थानबाट करिब ५० मिटर पश्चिमतर्फ नयाँ भवनमा शाखा स्थानान्तरण हुनेछ । नयाँ शाखा पनि पोखरा महानगरपालिका–१०, अमरसिंहचोकमै अवस्थित रहनेछ ।
बैंकले ग्राहकहरूमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै थप जानकारीका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सम्बन्धित शाखामा सम्पर्क राख्न अनुरोध गरेको छ ।
प्रतिक्रिया