NIMB Header 2
Nepal Life

वाणिज्य बैंकहरूको ब्याजदर कार्तिकमा घट्यो, औसत ब्याजदरमा ०.२६ प्रतिशतविन्दुको कमी

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 17 11:54
वाणिज्य बैंकहरूको ब्याजदर कार्तिकमा घट्यो, औसत ब्याजदरमा ०.२६ प्रतिशतविन्दुको कमी
National Life

काठमाडौं, असोज ३१ गते। वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरण अनुसार बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपमा दिइने अधिकतम औसत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ।

NIMB

भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५.४६ प्रतिशतविन्दु रहेकोमा, कात्तिक महिनामा घटेर ५.२० प्रतिशतविन्दुमा झरेको छ। यो हिसाबले व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदरमा ०.२६ प्रतिशतविन्दुको गिरावट आएको हो।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १४ बैंकले ब्याजदर घटाएका छन्, जसका कारण समग्र औसत ब्याजदरमा गिरावट देखिएको हो। बाँकी ६ वाणिज्य बैंकहरूले भने असोज महिनामा कायम ब्याजदरलाई निरन्तरता दिएका छन्।

त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि ०.२२ प्रतिशतविन्दुले घटेको छ। बैंकहरूले निक्षेप संकलन खर्च घटाउने उद्देश्यले यस्तो कदम चालेका हुन् भन्ने अनुमान गरिन्छ।

कात्तिक महिनामा ब्याजदर सबैभन्दा बढी घटाउने बैंकहरूमा माछापुच्छ्रे बैंक र एनएमबि बैंक रहेका छन्। यी दुई बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेप दुबैमा १ प्रतिशतविन्दुले अधिकतम औसत ब्याजदर घटाएका छन्।

नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले भने असोज महिनाको ब्याजदरलाई यथावत् राख्दै कुनै परिवर्तन गरेका छैनन्।

वर्तमान परिप्रेक्ष्यमा के देखिन्छ?

ब्याजदरमा आएको गिरावटले बैंकहरूको तरलताको  अवस्था झन् बढ्दै गएको संकेत गर्दछ। जुन अनुपातमा निक्षेप बढिरहेको छ त्यसको अनुपातमा केहि मात्रामा कर्जा प्रभाव भए पनि बैंकिङ प्रणालीमा विगत एक दुई वर्षदेखि थुप्रिएको निक्षेपका कारण सिडी रेसियो निकै तल छ। यसले बैंकहरु सँग लगानी गर्ने क्षमता प्रसस्त रहेको देखाउछ भने अर्को तर्फ अर्थतन्त्र कमजोर हुँदा लगानीको वातावरण नभएको पनि प्रमाणित हुन्छ। 

जवसम्म आर्थिक गतिविधि बढ्दैन तवसम्म बैंकमा कर्जाको माग बढ्ने सम्भावना निकै कम हुन्छ। बैंकिङ प्रणालीमा तरलता थुप्रिदै जादा बैंकहरुको व्याज खर्च बढ्दै जान्छ। त्यस्तै व्याजदर घट्दै जादा साधारण निक्षेपकर्ताले मूल्य बृद्धिको अनुपातमा पनि व्याज पाउन सक्दैनन्। 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार