Nepal Life

वित्तीय जानकारी इकाईद्वारा शंकास्पद कारोबार सम्बन्धी अद्यावधिक मार्गदर्शन सार्वजनिक

NMB Bank
  • BFIS News
  • 2025 Oct 17 18:39
वित्तीय जानकारी इकाईद्वारा शंकास्पद कारोबार सम्बन्धी अद्यावधिक मार्गदर्शन सार्वजनिक
National Life

काठमाडौं, असोज ३१ – नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाई (FIU-Nepal) ले शंकास्पद कारोबार तथा गतिविधि (STR/SAR) सम्बन्धी मार्गदर्शन (Guidelines) अद्यावधिक गरी सार्वजनिक गरेको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरुले FIU मा पेश गर्नुपर्ने शंकास्पद विवरण सम्बन्धी व्यवहारिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले यो अद्यावधिक गरिएको हो।

Shikhar
NIMB

FIU-Nepal का अनुसार, नयाँ Guidelines मा शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्न सहयोग गर्ने "Red Flags" लाई तीन प्रकारमा वर्गीकृत गरिएको छ: साधारण (General), क्षेत्र विशेष (Sector-specific), र सम्बद्ध कसुर (Predicate Offence) अनुरूप। अद्यावधिक Guidelines मा समावेश प्रमुख विषयहरू:

साधारण (General) Red Flags मा निम्न विषयहरू समावेश:

कृत्रिम बुद्धिमत्ता (AI) र नयाँ प्रविधिको प्रयोग

राजनीतिक रूपमा प्रभावशाली व्यक्तिहरू (PEPs) को संलग्नता

क्षेत्र विशेष (Sector-specific) Red Flags मा निम्न क्षेत्रहरू थप:

हायर पर्चेज कम्पनीहरू

सवारी साधन विक्रेताहरू

सम्बद्ध कसुर अनुसारको Red Flags पनि थप गरिएको छ, जसले शंकास्पद गतिविधिहरूको गहिरो विश्लेषण र अनुसन्धानमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

नयाँ मार्गदर्शनमा STR/SAR प्रतिवेदन पेश गर्नुपर्ने विवरण, समयसीमा, र पद्धतिबारे पनि स्पष्ट व्यवस्था गरिएको छ। यसले सूचक संस्थाहरूबाट पेश गरिने रिपोर्टहरूको गुणस्तर सुधार गर्ने र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरको पहिचान तथा अनुसन्धानमा थप प्रभावकारी योगदान पुग्ने विश्वास FIU-Nepal ले लिएको छ।

FIU ले यो अद्यावधिक Guidelines सबै सूचक संस्थाहरुलाई goAML System मार्फत ब्रॉडकास्ट गरी पहिले नै पठाइसकेको छ। FIU-Nepal ले सबै सूचक संस्थाहरुलाई अद्यावधिक मार्गदर्शनको पालना गरी प्रभावकारी ढंगले STR/SAR प्रतिवेदन पेश गर्न आग्रह गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया