NIMB Header 2
Nepal Life

७ बाणिज्य बैंकको लाभांश घोषणा, वितरणयोग्य मुनाफा भन्दा कम वितरण गर्दै, बाँकी कुन बैंकको क्षमता कति?

National Life
  • BFIS News
  • 2025 Oct 18 11:33
७ बाणिज्य बैंकको लाभांश घोषणा, वितरणयोग्य मुनाफा भन्दा कम वितरण गर्दै, बाँकी कुन बैंकको क्षमता कति?
Sanima Reliance

काठमाडौं। हालसम्म ७ वटा बाणिज्य बैंकहरुले मात्रै लाभांश घोषणा गरेका छन्। जसमा माछापुच्छ्रे बैंकले शेयरधनीको खातामा पनि पठाइसकेको छ। बाँकीले साधारणसभा गर्दै छन्। अहिलेसम्म लाभांश घोषणा गर्ने मध्ये सबैले वितरणयोग्य मुनाफा भन्दा पनि कम लाभांश दिने भएका छन्।

Shikhar
NIMB

अपरिष्कृत वित्तीय विवरण अनुसार सानिमा बैंकको वितरणयोग्य मुनाफा २० प्रतिशत रहेकोमा लाभांश भने जम्मा ७.३६ प्रतिशत मात्रै घोषणा गरेको हो। त्यस्तै स्ट्याण्डर्ड चार्टर्डले वितरणयोग्य मुनाफामा भएको जति सबै दिने भएको छ। सिटिजन बैंकले पनि जति वितरण गर्ने मिल्ने हो पारदर्शी रुपमा दिने भएको छ। अहिलेसम्म दुई बैंकको डिष्क्लोजर ठ्याक्कै मिलेको देखियो।

ग्लोबल आइएमई बैंकले १४.११ प्रतिशत वितरणयोग्य मुनाफाबाट  ८ प्रतिशत नगद दिने भएको छ। सिद्धार्थ बैंकले १३.२२ प्रतिशतबाट १०.५३ प्रतिशत दिने भएको छ। सर्वाधिक धेरै वितरणयोग्य मुनाफा रहेको एभरेष्ट बैंकले भने सञ्चितीलाई जोड दिदै २० प्रतिशत मात्रै वितरण गर्ने भएको हो। अन्य बैंकहरुको पनि लाभांश क्षमता एकदमै कमजोर रहकै कारण बैंकले जगेडा कोषलाई नै बढि जोड दिएको हो।

हेर्नुहोस् अव लाभांश घोषणा गर्न बाँकी बैंकको क्षमता कति ?

अझै १४ बाणिज्य बैंकको लाभांश घोषणा गर्न बाँकी छ। यस मध्ये ४ वटा बाणिज्य बैंक लाभांश वितरण गर्न सक्ने अवस्थामा छैनन्। नेपाल बैंक, एनआइसी एशिया, कुमारी बैंक र हिमालयन बैंकले यस वर्ष पनि लाभांश दिने छैनन्। किनकी उनिहरुको वितरणयोग्य मुनाफा ऋणात्मक छ।

अर्को तर्फ तीन वटा बैंकहरुको प्रभु बैंक, राष्ट्रिय बाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता ५ प्रतिशत भन्दा कम छ।

अव लाभांश घोषणा गर्न बाँकी मध्येबाट नबिल बैंकले १७ प्रतिशत, कृषि विकास बैंक १५ प्रतिशत, प्राइम बैंक १४ प्रतिशत, लक्ष्मी सनराइज बैंक १२ प्रतिशत, नेपाल एसबिआइ बैंक ११ प्रतिशत, एनएमबी बैंक १० प्रतिशत र प्रभु बैंकले ४ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछन्। बैंकहरुले वितरणयोग्य मुनाफाबाट मात्रै लाभांश दिदै गर्दा सबै बैंकहरुको जगेडा कोष थप बलियो देखिने नभएको छ। यसले दीर्घकालमा ठुलो प्रभाव पार्दछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया