Nepal Life

बाणिज्य बैंक बन्ने तयारीमा रहेको मुक्तिनाथ विकास बैंकका यि हुन् सर्वाधिक ठुला लगानीकर्ता

NMB Bank
  • BFIS News
  • 2025 Oct 26 18:59
बाणिज्य बैंक बन्ने तयारीमा रहेको मुक्तिनाथ विकास बैंकका यि हुन् सर्वाधिक ठुला लगानीकर्ता
National Life

काठमाडौं। राष्ट्रिय स्तरको बाणिज्य बैंकको रुपमा स्तरोन्नती गर्ने तयारीमा जुटेको मुक्तिनाथ विकास बैंकको सर्वाधिक धेरै हिस्सा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालको रहेको छ। बैंकको चुक्ता पूँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ।

Shikhar
NIMB

जसमा सबैभन्दा ठुला लगानीकर्ता ढकाल एक्लैको १६ लाख १८ हजार ५०० कित्ता रहेको छ। उनि एक्लैले २.३० प्रतिशत हिस्सा ओगटेका छन्। त्यस्तै दोस्रो ठुला लगानीकर्ता कृष्णमान श्रेष्ठको १४ लाख ८९ हजार २३२ कित्ता अर्थात २.११ प्रतिशत हिस्सा रहेको छ।

तेस्रो ठुलो लगानी मिन प्रसाद गुरुङको १३ लाख ८१ हजार ९८० कित्ता रहेको छ। उनले १.९६ प्रतिशत हिस्सा लिएका छन्। चौथो ठुलो हिस्सा भरतराज ढकालको ११ लाख ९४५ कित्ता अर्थात १.५९ प्रतिशत रहेको छ। त्यस्तै जगतबन्धु अर्यालको ९ लाख ८५ हजार कित्ता अर्थात १.४० प्रतिशत, गोविन्द गुरुङको ९ लाख ४७ हजार कित्ता अर्थात १.३४ प्रतिशत, नारायण कुमार श्रेष्ठको ९ लाख ७ हजार अर्थात १.२९ प्रतिशत, हरि बहादुर गुरुङको ९ लाख ५ हजार कित्ता अर्थात १.२९ प्रतिशत, खेम प्रकाश मल्लको ८ लाख ५० हजार कित्ता अर्थात १.२१ प्रतिशत, शान्ता शर्माको ८ लाख १२ हजार कित्ता अर्थात १.१५ प्रतिशत र खगेन्द्रराज रेग्मीको ७ लाख ८१ हजार अर्थात १.११ प्रतिशत हिस्सा रहेको छ।

बैंकमा ५६ हजार भन्दा धेरै लगानीकर्ता रहेका छन्। जसमा सर्वसाधारण लगानीकर्ता मात्रै ५५ हजार ८९१ जना रहेका छन्। उनिहरुले ४९ प्रतिशत हिस्सा लिएका छन्। बाँकी ३९९ जना संस्थापक शेयरधनी छन्। उनिहरुले ५१ प्रतिशत हिस्सा लिएका छन्। ३३ वटा म्युचुअल फण्ड सँग बैंकको शेयर होल्डिङ रहेको छ भने संस्थागत लगानीकर्ताको संख्या २३२ वटा रहेको छ।

बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १८.२० प्रतिशत लाभांश वितरण गर्दैछ। उक्त लाभांश मध्ये १३.५३ प्रतिशत बोनस शेयर र बाँकी नगद लाभांश वितरण गर्नेछ। बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब पुग्नेछ। जुन नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुका लागि तय गरेको न्युनतम चुक्ता पूँजी हो। यसरी साढे २ अर्ब न्युनतम पूँजीको विकास बैंकले ८ अर्बको चुक्ता पूँजी बनाउन सफल भएको छ। बैंकले एक अर्ब रुपैयाँको अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गरेको छ। यस सँगै बैंकको चुक्ता पूँजी ९ अर्ब नाघ्नेछ।

आफ्नै सुविधासम्पन्न कर्पोरेट कार्यालयसहितको भवन रहेको मुक्तिनाथ विकास बैंकमा १५१६ जना कर्मचारी रहेका छन्। यसरी बैंकले कतिपय राष्ट्रिय स्तरका बाणिज्य बैंकको भन्दा ठुलो व्यालेन्ससिट बनाउन सफल भइसकेको छ। १७८ वटा शाखा सञ्जाल सहित कृषि क्षेत्रलाई केन्द्रमा राखेर बैंकिङ गर्दै आइरहेको एक निजी स्तरबाट एक मात्र उद्देश्य मुखी विकास बैंकको चिनारी बनाइसकेको मुक्तिनाथ विकास बैंकले नेपालको माटो सुहाउदो बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया