Nepal Life

एभरेष्ट बैंकको शेयर स्वामित्वमा परिवर्तन, यि हुन सबैभन्दा ठुला लगानीकर्ता

NMB Bank
  • BFIS News
  • 2025 Oct 27 08:42
एभरेष्ट बैंकको शेयर स्वामित्वमा परिवर्तन, यि हुन सबैभन्दा ठुला लगानीकर्ता
National Life

काठमाडौं। एभरेष्ट बैंकका संस्थापक बिष्णु कृष्ण श्रेष्ठको निधन सँगै उनको शेयर प्रतिमा श्रेष्ठको नाममा स्थान्तरण गरिएको छ। श्रेष्ठको गत वर्ष कार्तिकमा निधन भएको थियो। बिके श्रेष्ठको नाममा ९.१८ प्रतिशत हिस्सा रहेको थियो भने प्रतिमाको १४.७७ प्रतिशत थियो। बिके श्रेष्ठको शेयर प्रतिमाकोमा गए सँगै उनको स्वामित्व २३.९६ प्रतिशत पुगेको छ। उनले १५ प्रतिशत भन्दा माथिको शेयर भने नेपाल राष्ट्र बैंकको नियम अनुसार विनिवेश गर्नु पर्ने हुन्छ।

Shikhar
NIMB

संस्थापक शेयरधनी समुह तर्फ बाँकी ठुला लगानीकर्ता रवि करण श्रेष्ठ १.८८ प्रतिशत, किरण कृष्ण श्रेष्ठ १.८८ प्रतिशत, शान्तदेव पाठक १.१८ प्रुतिशत, अरुणमान शेरचनको ०.९५ प्रतिशत र होटल स्नोलाइनको ९.३० प्रतिशत रहेको छ।

उता सर्वसाधारण शेयरधनी समुह तर्फ भने केहि परिवर्तन देखिएको छ। जहाँ शान्तदेव पाठकको ३.८१ प्रतिशत, अरुणमान शेरचनको २.२५ प्रतिशत, रवि कृष्ण श्रेष्ठको ०.८५ प्रतिशत, किरण कृष्ण श्रेष्ठको ०.८५ प्रतिशत, आनन्तरत्न तुलाधरको ०.७६ प्रतिशत स्वामित्व रहेको छ। सबैभन्दा ठुलो शेयरधनीको रुपमा रहेको नेपाल लाइफ इन्स्योरेन्सले भने शेयर बिक्री गरेर ठुला लगानीकर्ताको समुहबाट बाहिरिएको छ। नेपाल लाइफको गत वर्ष ०.५२ प्रतिशत हिस्ता थियो। अहिले भाटभटेनी इन्भेष्टमेन्ट कम्पनी सर्वसाधारण शेयर खरिद गरेर ठुलो लगानीकर्ताको रुपमा ०.८८ प्रतिशत सहित अगाडी देखिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया