Nepal Life

एभरेष्ट बैंकले शेयर बजारमा २२ करोड ८८ लाख लगानी गरेर बनायो एक अर्ब ३३ करोडको पोर्टफेलियो

NMB Bank
  • BFIS News
  • 2025 Oct 27 09:03
एभरेष्ट बैंकले शेयर बजारमा २२ करोड ८८ लाख लगानी गरेर बनायो एक अर्ब ३३ करोडको पोर्टफेलियो
National Life

काठमाडौं। एभरेष्ट बैंकले शेयर बजारमा २२ करोड ८८ लाख रुपैयाँ लगानी गरेर एक अर्ब ३३ करोडको पोर्टफेलियो बनाएको छ। बैंकको करिव २२ वटा सूचिकृत कम्पनी, म्युचुअल फण्ड र सूचिकृत नभएका कम्पनीमा लगानी रहेको छ।

Shikhar
NIMB

बैंकले सूचिकृत विभिन्न म्युचुअल फण्ड र अन्य कम्पनीमा २१ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ। उक्त म्युचुअल फण्ड तथा कम्पनीको भ्यालुका आधारमा एक अर्ब १५ करोड रहेको बैंकले जनाएको छ। त्यस्तै सूचिकृत नभएका कम्पनीहरुमा एक करोड ४३ लाख लगानी छ भने उक्त लगानीको भ्यालु भने १८ करोड ३२ लाख रहेको बैंकले उल्लेख गरेको छ।

बैंकको पोर्टफेलियो बढाउनमा निर्धन उत्थानको सबैभन्दा ठुलो योगदान रहेको छ। त्यस्तै सूचिकृत नभएका केहि कम्पनीको बुक भ्यालुका आधारमा पोर्टफेलियो तयार पारिएको हुँदा ति कम्पनीले पनि पोर्टफेलियो बनाउन मद्दत गरेका छन्। यसका साथै बैंकले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको शेयरमा २५ प्रतिशत अर्थात ५ करोड रुपैयाँ लगानी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया