Nepal Life

एनएमबी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले राजिनामा दिए

NMB Bank
  • BFIS News
  • 2025 Oct 30 15:55
एनएमबी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले राजिनामा दिए
National Life

काठमाडौं, १३ कात्तिक २०८२ — एनएमबी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनामा दिएका छन्। संस्थाको सञ्चालक समितिको १७९औं बैठक, मिति २०८२ साल कात्तिक १२ गते बसेको बैठकले पाण्डेको राजिनामा स्वीकृत गरेको छ।

Shikhar
NIMB

सञ्चालक समितिले पाण्डेको राजिनामा मिति २०८२ साल पुस ७ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको जानकारी गराइएको छ। पाण्डेले अझै साढे दुई वर्षको कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा दिएका हुन्।

आनन्द पाण्डे २०७७ साल बैशाखदेखि एनएमबी लघुवित्तका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रहेका थिए। उनको यो दोस्रो कार्यकाल हो। आफ्नो कार्यकालमा पाण्डेले संस्थाको सेवा विस्तार, वित्तीय पहुँच र संस्थागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको बताइन्छ।

एनएमबी लघुवित्तका सञ्चालक समितिले अब नयाँ प्रमुख कार्यकारी अधिकृतको छनोट प्रक्रिया शीघ्र अघि बढाउने तयारी गरेको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया