NIMB Header 2
Nepal Life

प्रगति, सम्भावना र स्तरोन्नतिको दिशातर्फ मुक्तिनाथ विकास बैंक: अध्यक्ष खिम प्रकाश मल्ल

National Life
  • BFIS News
  • 2025 Nov 01 13:59
प्रगति, सम्भावना र स्तरोन्नतिको दिशातर्फ मुक्तिनाथ विकास बैंक: अध्यक्ष खिम प्रकाश मल्ल
Sanima Reliance

काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्नो १९औं वार्षिक साधारण सभाको अवसरमा विगतका उपलब्धीहरुको समीक्षा गर्दै आगामी लक्ष्य र योजनाको रूपरेखा प्रस्तुत गरेको छ। अध्यक्ष खिम प्रकाश मल्लले सभालाई सम्बोधन गर्दै विगतका वर्षझैं यो सभालाई विगतका उपलब्धी, वर्तमानको मूल्याङ्कन र भविष्यका लक्ष्य तय गर्ने महत्वपूर्ण मञ्चको रूपमा लिएको बताएका छन्।

Shikhar
NIMB

नेपालको अर्थतन्त्रमा सुधारका संकेत

अध्यक्ष मल्लले नेपालको अर्थतन्त्रमा पछिल्ला प्रतिवेदनहरु अनुसार क्रमिक सुधारका संकेत देखापरेको उल्लेख गरे। नेपाल राष्ट्र बैंकले मुद्रास्फीतिलाई अपेक्षा अनुरूप नियन्त्रणमा राख्न सफल भएको र रेमिट्यान्स तथा निर्यातमा वृद्धि भएको तथ्य प्रस्तुत गरे। उनका अनुसार, “यदि विकास बजेट समयमै खर्च भयो र सरकारी बक्यौता भुक्तानी भयो भने यस वर्ष आर्थिक गतिविधि अझै सशक्त हुने अनुमान गर्न सकिन्छ।”

उनले थपे, “यसले सार्वजनिक र निजी दुवै क्षेत्रका लगानीकर्ताहरुलाई हौसला प्रदान गर्नेछ, जसको प्रत्यक्ष प्रभाव बैंकिङ गतिविधिमा देखिनेछ।”

लगानीमैत्री मौद्रिक नीतिहरुको स्वागत

नेपाल राष्ट्र बैंकद्वारा आ.व. २०८२/८३ का लागि प्रस्तुत मौद्रिक नीतिहरु निजी क्षेत्र अनुकूल र लगानीमैत्री रहेको भन्दै अध्यक्ष मल्लले ब्याजदर कोरिडोर, घर कर्जा सीमा वृद्धि, फाइनान्स कम्पनीका निक्षेप सीमा हटाइने, सेयर कर्जाको सीमा हटाइने जस्ता निर्णयहरूले बैंकिङ क्षेत्रको दायरा अझ फराकिलो बनाएको बताए।

विश्व र राष्ट्रिय चुनौतीका बीचको यात्रा

२०७२ सालको भूकम्प, कोभिड–१९, रुस–युक्रेन युद्ध तथा इजरायल–गाजा द्वन्द्व जस्ता घटनाले विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको उल्लेख गर्दै उनले भने, “यस्ता संकटका बाबजुद पनि नेपाली बैंकिङ प्रणालीले स्थायित्व र लचिलोपन देखाएको छ।”

हालै नेपालमा भएका युवाहरुको आन्दोलन र त्यसबाट उत्पन्न आर्थिक तथा भौतिक क्षतिले बैंक तथा वित्तीय संस्थाहरुलाई थप चुनौतीपूर्ण अवस्थामा पुर्‍याएको उनको भनाइ थियो। साथै, भारतको रिजर्व बैंकले नेपाली र नेपाली व्यवसायीहरुलाई लगानी गर्न दिने भनाइबारे उनले भने, “यसले नेपालको बैंकिङ क्षेत्रमा कस्तो प्रभाव पार्दछ भन्ने कुरा समयले बताउनेछ।”

प्रविधिमा लगानी र ग्राहक सचेतना

अध्यक्ष मल्लले वित्तीय कारोबारमा बढ्दो विद्युतीय प्रविधिको प्रयोगले बैंकिङ सेवा सहज भए पनि बैंकहरुले प्रविधिमा थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याए। उनले ग्राहकहरुमा न्यून वित्तीय र प्रविधि साक्षरताका कारण धोका र भ्रमको जोखिम बढ्ने भन्दै मुक्तिनाथ बैंकले निरन्तर सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

समावेशी वित्तीय सेवातर्फ मुक्तिनाथको प्रतिबद्धता

मुक्तिनाथ विकास बैंकले कृषि, लघु, साना र मझौला उद्यमहरुलाई प्राथमिकतामा राख्दै विविध वित्तीय सेवा विस्तार गरिरहेको उनले बताए। सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै लक्षित वर्गसम्म सेवा पुर्याउने कार्य निरन्तर भइरहेको पनि उनको भनाइ थियो।

उनले भने, “हामी नेपाली माटो र परिवेश सुहाउँदो वित्तीय सेवामा जोड दिइरहेका छौं। सम्भावना र सिर्जनशीलताको खोजी गर्दै वित्तीय सेवालाई अझ समावेशी बनाउने हाम्रो प्रयास निरन्तर जारी छ।”

वाणिज्य बैंकमा स्तरोन्नतिको तयारी

सभामा एक ऐतिहासिक प्रस्तावको चर्चा गर्दै अध्यक्ष मल्लले बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने दिशा तय गरिएको जानकारी दिए। उनका अनुसार, “आजको सभाले पूँजी सम्बन्धी मुख्य सूचक पारित गरेपछि हामी नेपाल राष्ट्र बैंकसँग परामर्श गरी वाणिज्य बैंकको रुपमा अघि बढ्नेछौं। यो हाम्रो संस्थाको अर्को माइलस्टोन हुनेछ।”

पारदर्शिता, जिम्मेवारी र भविष्यको प्रतिबद्धता

मल्लले सञ्चालक समितिले हरेक निर्णयमा पारदर्शिता र दीर्घकालीन प्रभावको मूल्याङ्कन गरेर निर्णय गर्ने गरेको बताउँदै सेयरधनीहरुलाई सभामा प्रस्तुत प्रस्तावहरु एकमतले पारित गर्न आग्रह गरे।

अन्त्यमा, उनले बैंकको प्रगतिमा योगदान पुर्‍याउने सबै नियामक निकाय, सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्र, शुभचिन्तक, ग्राहक र कर्मचारीप्रति हार्दिक धन्यवाद ज्ञापन गरे। “हामी वित्तीय समावेशीता, प्रविधियुक्त सेवा र समाजमैत्री ग्राहक संरक्षणका सिद्धान्तलाई आत्मसात गर्दै अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,” अध्यक्ष मल्लको भनाइ थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया