Nepal Life

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Nov 02 10:08
दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
National Life

काठमाडौं, कात्तिक १६। दुई वाणिज्य बैंक — सिद्धार्थ बैंक लिमिटेड (SBL) र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

Shikhar
NIMB

यी बैंकहरूले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १७ गते (सोमबार) एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्।
यस अनुसार, आज (कात्तिक १६ गते) सम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका शेयरधनीहरू ले यी बैंकहरूको वार्षिक साधारण सभामा सहभागी हुन तथा घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ बैंक लिमिटेड ले आगामी कात्तिक ३० गते (आइतबार) काठमाडौंको आर्मी अफिसर्स क्लब, भद्रकालीमा चौबीसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभाले ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति, सामाजिक उत्तरदायित्व (CSR) खर्च अनुमोदन, र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।

उता, सिटिजन्स बैंक इन्टरनेशनल ले पनि हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव AGM बाट पारित गर्ने तयारी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया