NIMB Header 2
Nepal Life

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2025 Nov 09 09:05
एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले जारी गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (कात्तिक २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।

Shikhar
NIMB

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब भने कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता स्थानीय बासिन्दाका लागि र ४ लाख ९७ हजार ९२ कित्ता विदेशमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ। त्यस्तै, १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीका लागि र २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओको क्रेडिट रेटिङ इक्रा नेपालले गरेको हो, जसमा कम्पनीलाई ‘इक्राएनपी इशुअर रेटिङ डबल बी’ प्रदान गरिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया