NIMB Header 2
Nepal Life

एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, १९ लाख २३ हजारको आवेदन

National Life
  • BFIS News
  • 2025 Nov 09 11:52
एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, १९ लाख २३ हजारको आवेदन
Sanima Reliance

काठमाडौं, कात्तिक २३ – एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीओ (सर्वसाधारण शेयर)मा आवेदन दिने आज (कात्तिक २३ गते) अन्तिम दिन रहेको छ।

Shikhar
NIMB

कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरी अब सर्वसाधारणका लागि दोस्रो चरणमा शेयर निष्काशन गरेको हो।

कम्पनीले १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

यसअन्तर्गत पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ४ लाख ९७ हजार ९२ कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ। साथै, कम्पनीले आफ्ना कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरूका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ।

अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ बराबरका ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी इश्यूअर रेटिङ “डबल बी” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका तोकिएका शाखा कार्यालयहरू वा सि–आस्बा प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया