NIMB Header 2
Nepal Life

सेयर बजारमा पुनः गिरावट : राजनीतिक अस्थिरताले लगानीकर्ता थप निराश

National Life
  • BFIS News
  • 2025 Nov 09 15:26
सेयर बजारमा पुनः गिरावट : राजनीतिक अस्थिरताले लगानीकर्ता थप निराश
Sanima Reliance

काठमाडौं। लामो समयदेखि २५ सय र २६ सय बिन्दु बीच साइडवेज चलिरहेको शेयर बजार आइतबार पुनः ओरालो लागेको छ। बजारमा थोरै सकारात्मक संकेत देखा परेपछि एक सय अंकले माथि जाने र नकारात्मक संकेत आउँदै गर्दा सोही अंकले घट्ने अवस्थाले लगानीकर्तालाई अलमलमा पारेको छ। केही सीमित लगानीकर्ताले मात्र फाइदा उठाइरहेका बेला धेरैजसो लगानीकर्ताले भने नाफा कमाउन नसकेको गुनासो गर्दै आएका छन्।

Shikhar
NIMB

बजार विश्लेषकहरूका अनुसार राजनीतिक अस्थिरता नै बजार घट्नुको प्रमुख कारण बनेको हो। लगानीकर्ताको अनुमान भन्दा फरक दिशामा अगाडि बढिरहेको बजारमा राजनीतिक प्रतिकूलताले गहिरो असर पारेको जनाइएको छ।

आइतबार नेप्से परिसूचक दोहोरो अंकले घट्दै ३०.०२ अंकले तल झरेर २ हजार ५६६.०९ बिन्दुमा पुगेको छ। सो दिन ३२३ कम्पनीका सेयर कारोबार भएका छन्। कुल १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर ४७ हजार २६८ पटकको कारोबारबाट ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

कारोबार रकम विगतको तुलनामा घटेको हो। विहीबारको कारोबार ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँ बराबरमा सीमित भएको थियो। आइतबार भने बजारमा सूचीकृत सबै समूहका परिसूचकमा गिरावट देखियो।

सबैभन्दा बढी वित्त समूहको परिसूचक २.९१ प्रतिशतले घटेको छ। त्यसपछि विकास बैंक समूह १.८१ प्रतिशतले र लगानी समूह १.५५ प्रतिशतले ओरालो लागेको छ।

यस दिन दरमखोला हाइड्रो इनर्जी, माविलुङ इनर्जी र सागर डिस्टिलरीका सेयरधनीले सबैभन्दा बढी मुनाफा कमाएका छन्।

त्यसैगरी उन्नती सहकार्य लघुवित्त, नेपाल फाइनान्स र मानुसी लघुवित्तका लगानीकर्ता भने सबैभन्दा बढी घाटामा परेका छन्।

विश्लेषकहरूका अनुसार बजारमा स्थायित्व ल्याउनका लागि राजनीतिक स्पष्टता र आर्थिक नीतिको निरन्तरता आवश्यक छ। अन्यथा, हालको जस्तै अनिश्चित उतारचढाव केही समय अझै कायम रहने उनीहरूको भनाइ छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया