Nepal Life

डिप्रोस लघुवित्तको नाफा १९७ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा २० करोड २२ लाख कमायो

NMB Bank
  • BFIS News
  • 2025 Nov 10 12:07
डिप्रोस लघुवित्तको नाफा १९७ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा २० करोड २२ लाख कमायो
National Life

काठमाडौं। डिप्रोस लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा १९७.४४ प्रतिशतले वृद्धि भई २० करोड २२ लाख रुपैयाँ पुगेको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफामा आएको उल्लेखनीय वृद्धि मुख्य आम्दानी (नेट इन्टरस्ट इनकम) मा भएको सुधार र इम्पेयरमेन्ट खर्चमा आएको तीव्र गिरावटका कारण भएको हो। यस अवधिमा कम्पनीको नेट इन्टरस्ट इनकम २८.२१ प्रतिशतले बढ्दै ५३ करोड ३५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, इम्पेयरमेन्ट खर्च ९५.८१ प्रतिशतले घटेको छ, जसले कम्पनीको ऋण गुणस्तर (क्रेडिट क्वालिटी) सुधारिएको संकेत गर्छ।

समीक्षा अवधिमा कम्पनीको अपरेटिङ नाफा पनि उल्लेखनीय रूपमा बढ्दै ९ करोड ७१ लाख रुपैयाँबाट २८ करोड ८१ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङ २५.१६ प्रतिशतले बढेर ७५ करोड ९० लाख रुपैयाँ, र रिजर्भ ५.५० प्रतिशतले बढ्दै १ अर्ब ५० करोड ५५ लाख रुपैयाँ पुगेको छ।

ग्राहक निक्षेप ३.४२ प्रतिशतले बढेर ११ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ भने उधारो रकम (Borrowings) ५.४४ प्रतिशतले घट्दै ११ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, ऋण तथा अग्रिम (Loans & Advances) ०.७१ प्रतिशतले बढ्दै २५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

मुख्य वित्तीय सूचकहरूमा पनि सुधार देखिएको छ। कम्पनीको क्यापिटल एडिक्वेसी रेसियो १३.०१ प्रतिशतबाट बढ्दै १४.०७ प्रतिशत पुगेको छ। त्यसैगरी, कोस्ट अफ फण्ड ८.३४ प्रतिशतबाट घट्दै ७.१० प्रतिशतमा झरेको छ। नन–परफर्मिङ लोन (NPL) भने अलि घट्दै ९.०१ प्रतिशतबाट ८.७३ प्रतिशतमा आएको छ।

पहिलो त्रैमासको अन्त्यमा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ४३ रुपैयाँ २९ पैसा, र प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ २१ पैसा रहेको छ। सोही अवधिमा कम्पनीको शेयर बजार मूल्य रु ८०६ मा कारोबार भएको छ, जसको P/E अनुपात १८.६२ गुणा रहेको उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया