स्पेशल प्रि–ओपन सेसनमा बन्दीपुर केबलकार र स्वस्तिक लघुवित्तको पहिलो कारोबार सम्पन्न
- BFIS News
- 2025 Nov 11 11:51
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार (कात्तिक २५ गते) स्पेशल प्रि–ओपन सेसनमार्फत बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (BANDIPUR) र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SWASTIK) का शेयरहरूको पहिलो कारोबार सम्पन्न भएको छ ।
सो सेसनमा बन्दीपुर केबलकारको शेयर प्रतिकित्ता २८५ रुपैयाँमा र स्वस्तिक लघुवित्तको शेयर प्रतिकित्ता ३९१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको नेप्सेले जनाएको छ ।
यी दुबै कम्पनीका शेयरहरू सोमबार मात्र नेप्सेमा सूचीकृत भएका थिए । बन्दीपुरले सर्वसाधारणलाई बिक्री गरिएको ५८ लाख ६० हजार कित्ता र संस्थापक लगानीकर्ताका २ करोड २४ लाख ४० हजार कित्ता गरी कुल २ करोड ८३ लाख कित्ता शेयर सूचीकृत गरेको हो ।
त्यस्तै, स्वस्तिक लघुवित्तले सर्वसाधारणलाई वितरण गरिएको २ लाख ३१ हजार कित्ता र संस्थापक लगानीकर्ताका ३ लाख ४६ हजार ५०० कित्ता गरी कुल ५ लाख ७७ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको छ ।
नेप्सेले पहिलो कारोबारका लागि बन्दीपुर केबलकारलाई ९५ रुपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसासम्मको र स्वस्तिक लघुवित्तलाई १७१ रुपैयाँ ७८ पैसादेखि ५१५ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको थियो ।
सोही रेञ्जभित्र आजको स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार सम्पन्न भएपछि अब यी दुबै कम्पनीका शेयरहरू नियमित दोस्रो बजारमा कारोबार हुने भएका छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpg)

.jpeg)




प्रतिक्रिया