Nepal Life

एनआरएन इन्फ्रास्ट्रक्चरका शेयरधनी मालामाल, ४० % बोनस शेयर पछि सत प्रतिशत हकप्रदको प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 10:52
एनआरएन इन्फ्रास्ट्रक्चरका शेयरधनी मालामाल, ४० % बोनस शेयर पछि सत प्रतिशत हकप्रदको प्रस्ताव
National Life

काठमाडौं, — एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले आफ्नो १३औं वार्षिक साधारण सभा (AGM) आउँदो पुस ४, २०८२ मा बोलाएको छ। सभा काठमाडौंस्थित अमरापाली बैंक्वेटमा बिहान ९:०० बजे देखि सुरु हुने कम्पनीले जनाएको छ।

Shikhar
NIMB

कम्पनीको सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित ४०% बोनस सेयरको रकम करिब ५१ करोड ३७ लाख रुपैयाँ र २.१०५% नगद लाभांशको रकम करिब २ करोड ७० लाख रुपैयाँ बराबर हुने कम्पनीले जनाएको छ। कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ (१.२८ अर्ब) रहेको छ।

साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान विवरण, वित्तीय प्रतिवेदन र नगद प्रवाह विवरण स्वीकृत गर्ने तथा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

त्यस्तै, बोनस सेयर वितरणपछि कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर (Rights Shares) जारी गर्ने एजेन्डा पनि साधारण सभामा प्रस्तुत गरिने भएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले पूर्वाधार तथा विकास क्षेत्रमा लगानी गर्दै आएको कम्पनी हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया