महँगीको मारमा सर्वसाधरणको चुलो 

  • BFIS News
  • 2022 Jun Tue 21:13
महँगीको मारमा सर्वसाधरणको चुलो 


    काठमाडाैं । बजारभाउ अनियन्त्रित र अराजक बन्दै गएको छ । पछिलो समय बजार भाउ अचाक्ली बढेको छ ।  विभिन्न वहाना देखाए र व्यापारीहरु ले  बजार भाउ बढाइ रहेका छन । रुस र युक्रेनको युद्धको वहानामा बढेको वजारभाउ अहिले आएर फेरि इन्धनको मूल्य बढेको वहानामा बढेको छ । इन्धन को मूल्यले एइतिहासिक रेकर्ड वनायो । सरकार ले इन्धनमा लगाउदै आएको  विभिन्न प्रकारका करमा छुट दिदाँ पनि अझै पनि इन्धनको मुल्य उच्च विन्दुमानै छ । भर्खरै स्थानिय चुनाब सकिएको छ  चन्दा दिएका व्यापारीहरु त्यसको असुुलउपर गर्न  लागेका छन । सरकार देखे नदेखेकोझै गर्छ ।
 युक्रेन बाट आउने कच्चाँ पर्दाथ ठप्प हुदाँ खाने तेलको मुल्य उच्चाइमा पुगेके छ । भारतले चिनि निर्यातमा रोक लगाकै दिन देखि यहाँ व्यापारी ले  चिनिमा प्रति के जी १० देखि १५ रुपयाँ बढाए ।
बजार भाउ नियन्त्रणमा सकारको कुनै चासो छैन । अनुगमन गर्ने निकाय ठुला व्यापारी सँग मिलेको आरोप लाग्ने गरेको छ  । ठुला  कम्पनीका गोदाममा कहिलै अनुगमन हुदैन । अनुगमन भै गएपनि पहिलेनै जानकारी दिएर अनुगमन गर्न पुग्छन । बेला बेलामा साना व्यापारीको पसलमा अनुगमन गरेरर मिडिया वाजी गरेर अनुगमन गरे जस्तो  गरेका छन । 
उपभोक्ताको अधिकारको नारा बोके र हिडेका उपभोक्ता अधिकारकर्मीहरु को उपस्थित प्रयाय शून्य छ । कहि कतै उपस्थिति भै गए पनि  उपभोक्ताको हितमा भन्दा पनि आ आपmनै हितको लागी  मिडिया बाजि गर्ने गरेका छन ।  यिनिहरु उपभोक्ता को पक्षमा भन्दा पनि आफनै अस्तितो रक्षाको लागी लागी रहेका छन । 
 
 

स्थानिय नियमक निकायको उपस्थित शुन्य छ । कालोबजारी गर्नेले छुट पाएका छन । गुणस्तर मापनका मापदण्ड हरु कहि लागू भएका छैन्न । स्थानिय निकाय  यस विषयमा मौन छ । जनताको  हितमा भन्दा  पनि  जनप्रतिनिधिहरु आफनो चुनाव खर्च उठाउने ध्याउनमा छन । 
देशकै मुख्य शहर काठमाडौंको केन्द्रविन्दुमानै खाने पनिमा हैजाका जिबाणु भेटिए, यो गम्भिर समस्या भएता पनि यो कसैको प्राथमिकतामा परेन ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया