Nepal Life

सिन्धुली–२ बाट रास्वपाका आशिष गजुरेल निर्वाचित

NMB Bank
  • BFIS News
  • 2026 Mar 07 15:20
सिन्धुली–२ बाट रास्वपाका आशिष गजुरेल निर्वाचित
National Life

सिन्धुलीमाढी, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष गजुरेल निर्वाचित हुनुभएको छ। उहाँले १७ हजार ९४० मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

Shikhar
NIMB

कार्यालयका अनुसार गजुरेलका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का **लेखनाथ दाहाल (राजन)**ले १४ हजार ७८० मत प्राप्त गर्नुभएको छ। नेकपा (एमाले) का मनोजजंग थापाले ११ हजार ६०६ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सुशिला थिङले ६ हजार ७६० मत प्राप्त गर्नुभएको छ।

त्यस्तै स्वतन्त्र उम्मेदवारका रूपमा नेपाली कांग्रेसका बागी खड्गबहादुर वाइवाले ४५८ र नेकपाका बागी स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले ५८६ मत प्राप्त गर्नुभएको छ।

यस निर्वाचन क्षेत्रमा विजयी गजुरेलसहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए। मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले शनिबार नै गजुरेललाई विजयीको प्रमाणपत्र प्रदान गर्नुभएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया