NIMB Header 2
Nepal Life

राजनीतिक अस्थिरताले शेयर बजारमा दबाब, नेप्से ४.९८ अंकले घट्यो: कारोबार रकम बढ्न सकेन

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 19 15:27
राजनीतिक अस्थिरताले शेयर बजारमा दबाब, नेप्से ४.९८ अंकले घट्यो: कारोबार रकम बढ्न सकेन
Everest Bank

काठमाडौं। राजनीतिक अस्थिरताका कारण शेयर बजारमा निरन्तर दबाब देखा परेको छ। नेकपा एमाले तथा व्यवसायी दुर्गा प्रसाईंको पछिल्ला गतिविधिले राजनीतिक वृत्तमा उत्पन्न भएको तरल परिस्थितिको प्रत्यक्ष प्रभाव बजारमा परेको विश्लेषकहरूको भनाइ छ। आर्थिक सूचकहरू स्थिर देखिँदै गर्दा समेत राजनीतिक अनिश्चितताले बजारको गति घटाएको देखिन्छ।

Shikhar
NIMB

बैंकिङ प्रणालीमा अहिले पर्याप्त तरलता छ र बैंकहरू कर्जा लगानीका लागि क्षेत्र खोजिरहेका छन्। तर शेयर बजार भने २५ सयदेखि २६ सय बिन्दुको दायरा भित्र नै घुमिरहेको छ। बजार सुधारका लागि लगानीकर्ता संघ–संस्थाहरूले राष्ट्र बैंकदेखि अर्थमन्त्रालयसम्म धाउनेक्रम जारी छ, तर प्रयासले पनि बजारलाई उकास्न सकेको छैन।

बुधबार नेप्से परिसूचक घटेर कारोबार बन्द भएको छ। लगातार दुई दिन सामान्य अंकले वृद्धि भएको नेप्से यस दिन ४.९८ अंकले नीचे झरेर २५६१.०८ बिन्दुमा स्थिर भयो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.२६ अंक, फ्लोट इन्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४५ अंकले घटेको छ।

कारोबार रकममा पनि कमी आएको छ। मंगलबार ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज ३३८ स्टकको ५० हजार ६२६ पटकको खरिदबिक्रीमार्फत ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँ बराबरको ८३ लाख ८८ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन ८ स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन्। माबिलुङ एनर्जी, दरमखोला हाइड्रो, सागर डिस्टिलरी, हिमस्टार उर्जा, बुङ्गल हाइड्रो, सान्भी एनर्जी, बन्दीपुर केबलकार एन्ड टुरिजम र झापा एनर्जीका शेयरमा उच्च माग देखियो। स्वस्तिक लघुवित्तको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढीले बढेको छ। विपरीत, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.०३ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा पर्‍यो।

कारोबार रकमका आधारमा बरुण हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको २७ करोड ४० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भयो। त्यस्तै, साहस उर्जा कम्पनीको साढे १९ करोड रुपैयाँभन्दा बढी र राधी विद्युत कम्पनीको करिब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारका १३ उपसमूहमध्ये ४ उपसमूह बढेका छन् भने ९ उपसमूह घटेका छन्। होटल तथा पर्यटन उपसमूह १.१६ प्रतिशत वृद्धिसहित अग्रस्थानमा रहँदा विकास बैंक उपसमूह १.०९ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा रह्यो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया