NIMB Header 2
Nepal Life

बरुण हाइड्रोपावरको ५% लाभांश प्रस्ताव, २२औँ वार्षिक साधारणसभा मंसिर २६ मा

National Life
  • BFIS News
  • 2025 Nov 20 10:51
बरुण हाइड्रोपावरको ५% लाभांश प्रस्ताव, २२औँ वार्षिक साधारणसभा मंसिर २६ मा
Sanima Reliance

काठमाडौं। बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले आर्थिक वर्ष २०७८/८२ का लागि कुल ५% लाभांश वितरण गर्ने प्रस्ताव गर्दै आगामी मंसिर २६, २०८२ मा २२औँ वार्षिक साधारणसभा (AGM) बोलाएको छ। कम्पनीले उक्त सभा काठमाडौंको शङ्खपार्कस्थित स्मार्ट दरबारमा बिहान ९:३० बजेबाट शुरु गर्ने जनाएको छ।

Shikhar
NIMB

कम्पनीको मंसिर ०३ मा बसेको सञ्चालक समितिको बैठकले ४.७५% बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बोनस सेयरको कुल मूल्य करिब ५.०९ करोड रुपैयाँ र नगद लाभांशको रकम २६.७९ लाख रुपैयाँ रहनेछ। कम्पनीको चुक्तापूँजी १.०७ अर्ब रुपैयाँ रहेको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान विवरण, वित्तीय प्रतिवेदन र नगद प्रवाह विवरण अनुमोदन गर्ने तथा आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा छ। साथै, सञ्चालक समितिले गरेका निर्णय अनुमोदन, बैठक भत्ता तथा सुविधाबारे छलफल, संस्थागत सुशासन प्रतिवेदन पारित गर्ने, तथा सञ्चालक समितिको नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरू पनि एजेन्डामा समावेश छन्।

कम्पनीले लाभांश तथा AGM का लागि मंसिर १४ गते बुक क्लोज हुने जानकारी गराएको छ। त्यसअघि सेयर कायम गरेका लगानीकर्ता लाभांशका हकदार हुनेछन् र AGM मा सहभागी हुन सक्नेछन्। यस समाचार तयार पर्दासम्म BARUN को अन्तिम कारोबार मूल्य (LTP) ३४४.९० रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया