NIMB Header 2
Nepal Life

४० लाखसम्म आम्दानी गर्नेले अनलाइनबाटै क्यूआर कोडयुक्त कर चुक्ता प्रमाणपत्र पाउने

National Life
  • BFIS News
  • 2025 Nov 22 21:38
४० लाखसम्म आम्दानी गर्नेले अनलाइनबाटै क्यूआर कोडयुक्त कर चुक्ता प्रमाणपत्र पाउने
Sanima Reliance

काठमाडौं। राष्ट्रिय परिचयपत्रलाई व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) प्रणालीसँग प्रत्यक्ष रूपमा जडान गर्दै अब सर्वसाधारणले प्यान आफैँले अनलाइनमार्फत लिन सक्ने व्यवस्था लागू गरिएको छ। राष्ट्रिय कर दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले उक्त सेवा औपचारिक रूपमा सुरु गरेका हुन्।

Shikhar
NIMB

नयाँ व्यवस्थाअन्तर्गत सेवा लिने व्यक्तिले आफ्नो राष्ट्रिय परिचयपत्र (National ID) प्रयोग गरेर प्यानका लागि आवश्यक विवरण स्वतः प्रमाणित गराउन सक्नेछन्, जसले प्रक्रिया झन्झटिलो, समय–खपत र कागजी झन्झटबाट मुक्त गराउने सरकारको दाबी छ।

यससँगै, सोमबारदेखि ४० लाख रुपैयाँसम्म वार्षिक आय रहेका र एकल रोजगारदाता मानिने प्राकृतिक व्यक्तिहरूका लागि क्यूआर कोडसहितको अनलाइन कर चुक्ता प्रमाणपत्र प्राप्त गर्ने सुविधा पनि सुरु भएको छ। कर चुक्ता प्रमाणपत्र अनलाइनमै उपलब्ध हुने भएकाले सेवा लिन कार्यालय धाउनुपर्ने बाध्यता हट्नेछ।

अर्थ मन्त्रालयका सचिव र राजस्व सचिव दुवैले राजस्व चुहावट नियन्त्रण, सूचना प्रविधि प्रणाली सुधार तथा पेपरलेस र फेसलेस सेवा विस्तारका लागि आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको बताएका छन्। उनका अनुसार, प्रविधिमैत्री प्रणाली विस्तारले कर प्रशासन पारदर्शी र प्रभावकारी बन्नेछ।

सरकारले व्यक्तिगत रुपमा ५ लाखसम्मको आयमा १ प्रतिशत आयकर लाग्ने व्यवस्था गर्दै आएको छ। विवाहितका हकमा भने ६ लाखसम्म आयमा १ प्रतिशत कर लाग्दछ । त्यसपछिको २ लाखमा १० प्रतिशत कर लाग्ने गरेको छ । त्यस्तै ३ लाख रुपैयाँमा २० प्रतिशत कर लाग्छ भने त्यसपछिको १० लाख रुपैयाँमा नेपालमा ३० प्रतिशत कर लाग्ने गरेको छ ।

३० लाख रुपैयाँमा ३६ प्रतिशत कर लाग्दै आएको छ भने ५० लाखभन्दा माथिको करयोग्य आयमा ३९ प्रतिशत कर लिने गरिएको छ । ३० प्रतिशतभन्दा माथिको कर भने ‘सरचार्ज’ का रूपमा लिने गरिन्छ । सरकारले अहिले सबैभन्दा न्यून आय भएका वर्गलाई पनि १ प्रतिशतका दरले आयकर लिँदै आएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया