NIMB Header 2
Nepal Life

नेशनल फण्ड म्यानेजमेन्टले आइपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल

National Life
  • BFIS News
  • 2025 Nov 23 18:21
नेशनल फण्ड म्यानेजमेन्टले आइपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल
Sanima Reliance

काठमाडौं। नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ। कम्पनीले चुक्त पूँजीको २० प्रतिशत अर्थात प्रति कित्ता एक सय रुपैयाका दरको २१ लाख ६ हजार कित्ता शेयर जारी गर्ने भएको हो। आइपिओ निष्काशनका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ ।

Shikhar
NIMB

उक्त शेयर निष्काशनका लागि नेशनल फण्ड म्यानेजमेन्टको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौमा यहि मंसिर ७ गते सहमति पत्रमा हस्ताक्षर भएको छ।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड को कोष व्यवस्थापक भई संचालन गर्न इजाजत प्राप्त गरेको छ । साथै बुक बिल्डिङ्ग विधि मार्फत निष्काशित धितोपत्र को लागि योग्य संस्थागत लगानीकर्ता को रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ।

यस कम्पनी कोष व्यवस्थापक रहिे पूँजी संकलन कार्य सम्पन्न गरि विविधिकृत प्राइभेट इक्वीटी फण्डको रुपमा “नेशनल इक्वीटि फण्ड–१” र उर्जा क्षेत्र लक्षित प्राइभेट इक्वीटी फण्ड को रुपमा “नेशनल हाईड्रो फण्ड–२” संचालन गर्दै आएको छ।

क्रेडिट रेटिङ्ग संस्थाद्वारा CARE- NP BBB( Is) [Triple B (Issuer)] रेटिङ्ग प्राप्त यस नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा सरकारी संस्थाहरुको करिव २७% लगानी रहेको, विभिन्न बैँक, वित्तिय संस्था एवम् एन.आर.एन. हरुको लगानी रही विगत ३ वर्ष देखि लाभाँश वितरण गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया