NIMB Header 2
Nepal Life

आइसिएफसी फाइनान्सको २२औँ वार्षिक साधारण सभा मंसिर २९ गते, १५.७८ प्रतिशत लाभांश पारित गर्ने

National Life
  • BFIS News
  • 2025 Nov 24 10:48
आइसिएफसी फाइनान्सको २२औँ वार्षिक साधारण सभा मंसिर २९ गते, १५.७८ प्रतिशत लाभांश पारित गर्ने
Sanima Reliance

काठमाडौं ।  आइसिएफसी फाइनान्सले आफ्नो २२औँ वार्षिक साधारण सभा (एजीएम) मंसिर २९, २०८२ गते बोलाएको छ। सभा काठमाडौंको बौद्ध, बौद्ध हेरिटेजमा बिहान १०:०० बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।

Shikhar
NIMB

कम्पनीको सञ्चालक समितिको कात्तिक २३ गते बसेको ३३८औँ बैठकको निर्णय अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को लागि १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा एजीएममा प्रस्तुत हुनेछ। रु. १.१८ अर्ब चुक्ता पुँजीको आधारमा प्रस्तावित यो लाभांश रकम करीब रु. १८.६८ करोड बराबर पर्नेछ।

यसपछि, एजीएममा अडिटरको प्रतिवेदन सहित नाफा–नोक्सान विवरण, वित्तीय विवरण तथा क्यास फ्लो विवरण स्वीकृत गर्ने र आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ अडिटर नियुक्त गर्ने एजेन्डा पनि राखिएको छ।

कम्पनीले मंसिर १९ गतेका लागि बुक क्लोजर मिति घोषणा गरेको छ। सोही अनुसार, मंसिर १९ गतेअघि नाम दर्ता भएका शेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्ने र एजीएममा सहभागी हुने अधिकार पाउनेछन्।

आइसिएफसीले एजीएममार्फत आगामी वर्षका लागि आफ्नो वित्तीय रणनीति तथा प्रशासनिक योजनाहरूलाई थप सुदृढ बनाउने अपेक्षा राखिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया