Nepal Life

काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शना किन? "मातृत्वसँगै साहसी नेतृत्व" आजको आवश्यकता

NMB Bank
  • BFIS News
  • 2026 Mar 03 06:38
काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शना किन? "मातृत्वसँगै साहसी नेतृत्व" आजको आवश्यकता
National Life

काठमाडौं। मातृत्वसँगै साहसी नेतृत्वको परिचय स्थापित गरेकी रञ्जु दर्शनालाई काठमाडौं क्षेत्र नम्बर १ का मतदाताले किन रोज्ने ? यसको उत्तर खोज्न उनका विगतका अनुभव, संघर्ष र भविष्यका प्रतिबद्धतालाई नजिकबाट हेर्न आवश्यक छ।

Shikhar
NIMB

देशव्यापी रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रति बढ्दो आकर्षण जस्तै क्षेत्र नम्बर १ मा पनि परिवर्तनको चाहना बलियो देखिएको छ। विशेषगरी आमा तथा दिदीबहिनीहरूले दर्शनामा आफ्नो प्रतिनिधित्व देख्न थालेका छन्। मातृत्व र नेतृत्वलाई सँगै अघि बढाउने उनको साहसले धेरैलाई प्रभावित बनाएको छ।

प्रसव पीडाको अवस्थामा पनि उनले देखाएको दृढता र प्रतिबद्धता आम मतदाताका लागि प्रेरणाको विषय बनेको छ। परिवर्तनको पक्षमा उभिएका जनताको भावना केवल नारामा सीमित नरही मतमार्फत व्यक्त भएमा मात्र सार्थक हुने देखिन्छ।

उद्यम, सीप र महिला सशक्तीकरणको एजेन्डा

दर्शनाले मतदातासँग उद्यम प्रवर्द्धन र सीप विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। साना तथा मझौला उद्यमलाई प्रोत्साहन, युवालाई सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उनको योजना छ।

महिला सशक्तीकरण उनको मुख्य एजेन्डामध्ये एक हो। महिलाका लागि उद्यम, रोजगारी र सीप विकासका अवसर विस्तार गर्ने, समान राजनीतिक सहभागिताको वकालत गर्ने र महिलामा डिजिटल पहुँच तथा सुरक्षाको सुनिश्चितता गर्ने उनको प्रतिबद्धता छ।

सुकुम्बासी समस्या र सामाजिक मुद्दा

काठमाडौं क्षेत्र नम्बर १ मा रहेको सुकुम्बासी समस्याको दिगो समाधानका लागि सम्मानजनक आवास व्यवस्था, मानवअधिकारमैत्री पुनर्स्थापना र व्यवस्थित बसोबासको पहल गर्ने उनले प्रतिबद्धता जनाएकी छन्। साथै, पछिल्लो समय गम्भीर बन्दै गएको मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने कार्यक्रम पनि उनको प्राथमिकतामा परेको छ।

सुशासन, सुरक्षा र हरित शहर

सुरक्षा प्रणाली सुदृढीकरण, ट्राफिक व्यवस्थापन, सुशासन प्रवर्द्धन, हरित शहर निर्माण तथा खुला स्थानको संरक्षण जस्ता विषयमा पनि उनले स्पष्ट धारणा अघि सारेकी छन्। यी प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने जिम्मेवारी भने अन्ततः मतदाताकै हातमा रहनेछ।

साहसको प्रतीक

घरदैलो अभियानका क्रममा उनले पाएको माया र समर्थनले उनको आत्मविश्वास थपिएको छ। प्रसव पीडाअघि सम्म पनि सक्रिय रूपमा जनताको घरदैलोमा पुगेको उनको साहस सबैले देखे। प्रतिस्पर्धीहरूले यस अवस्थालाई कमजोरी ठाने पनि उनले एउटा आमाले चाहेमा कुनै पनि जिम्मेवारी बहन गर्न सक्छिन् भन्ने सन्देश दिएकी छन्।

आम मतदाताकै आग्रहमा क्षेत्र नम्बर १ मै सन्तान जन्माउने उनको निर्णयलाई धेरैले साहस र प्रतिबद्धताको उदाहरणका रूपमा हेरेका छन्। बदलिँदो समाजमा मातृत्वलाई कहिलेकाहीँ ओझेलमा पार्ने प्रवृत्ति देखिए पनि नेपाली समाजमा यसलाई सम्मान र उत्सवका रूपमा लिइन्छ।

दर्शनाको अर्को राम्रो पक्ष भनेको उनको राजनीतिक स्कुलिङ हो। उनि बिकृत राजनीतिलाई युवाहरुले पखाल्नु पर्छ भन्दै विवेकशिल पार्टीबाट मैदानमा उत्रिएकी थिइन्। विवेकशिल पार्टीका संस्थापक उज्वल थापाले नेपालमा जुन किसिमको असल राजनीतिको परिपकल्पना गरे त्यसको पहिलो स्कुलिङमा दर्शना थिइन्। उनले उक्त दर्शनलाई टपक्क टिपेर काठमाडौं महानगरपालिकाको मेयरमा आकर्षक मत प्राप्त गरिन्। उनको असल राजनीति प्रतिको चेत सबैभन्दा शक्तिशाली हतियार हो। उनले परिस्थितिले बाचा अनुसार काम गर्नै सकिनन् भने पनि उनि बिकृत राजनीतिक खेलमा पक्कै पनि सामेल हुदिनन्। 

यी सबै पक्षलाई हेर्दा रञ्जु दर्शना काठमाडौं क्षेत्र नम्बर १ की बलियो प्रतिस्पर्धीका रूपमा उभिएकी छन्। उनका लागि मत केवल राजनीतिक समर्थन मात्र होइन, मातृत्व र नेतृत्वलाई समान रूपमा सम्मान गर्ने सोचको समर्थन पनि हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया