सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा ४,३०० रुपैयाँले घट्यो
- BFIS News
- 2026 Apr 09 12:00
काठमाडौं। बिहीबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। यस दिन सुनको मूल्य प्रतितोला चार हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार रुपैयाँ कायम रहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला चार हजार ८७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार भने चाँदी प्रतितोला पाँच हजार २५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा माग–आपूर्तिमा आएको परिवर्तनका कारण नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया