Nepal Life

हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समितिमा फेरबदल, दुई सदस्य बाहिरिए

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 23 14:05
हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समितिमा फेरबदल, दुई सदस्य बाहिरिए

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा फेरबदल भएको छ।

Nepal Life
NIMB

दुई जना सञ्चालक समितिबाट बाहिरिएका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट नयाँ सञ्चालक नियुक्त भएका छन्।

कम्पनीका अनुसार कालिका फिन्कोर्पको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा रहेका दीपेन्द्रकुमार मिश्रले पदबाट राजीनामा दिएका छन्। उनी गत अप्रिल ८ मा सञ्चालकका रूपमा नियुक्त भएका थिए।

त्यसैगरी, टेलि डिरेक्ट प्रालिको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका पृथ्वीराज थापालाई सम्बन्धित कम्पनीले फिर्ता बोलाएको छ। थापा पनि अप्रिल ८ मै सञ्चालक पदमा नियुक्त भएका थिए।

यसबीच, सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा सागरप्रसाद मुल्मी नियुक्त भएका छन्। उक्त पद यसअघि शुभेक्षा खरेलले सम्हाल्दै आएकी थिइन्।

खरेलविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि उक्त पद रिक्त रहेको थियो। रिक्त पदमा अब मुल्मीलाई सर्वसाधारण शेयरधनीको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा समावेश गरिएको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया